एकाबिहानै जन्ती बोकेको जीप दुर्घना हुँदा  ५ जनाको मृत्यु, ९ घाइते….!

मधेशपाटी अनलाइन     २०७९ मंसिर १७, शनिबार ०९:३० बजे मा प्रकासित



मधेसपाटी डेस्क, जनकपुरधाम। पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको बिरेन्द्रबजारमा एकाबिहानै विगंर दुर्घटना भएको छ।
जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा  शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गको बिरेन्द्र बजारमा जीप दुर्घटनामा परेको  जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए ।

एसपी रजौरेका अनुसा मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् जसमा  पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह छिन्। अन्यको परिचय खुलेको छैन ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।(अनलाइन खबरबाट)

प्रतिक्रिया





Top