धनुषा: सबैलाबाट मोटरसाइकल चोरी

मधेशपाटी अनलाइन     २०७९ मंसिर १८, आईतवार १३:०१ बजे मा प्रकासित


मधेसपाटी डेस्क, सबैला(धनुषा)। धनुषा स्थित सबैलामा गत राती एक मोटरसाइकल चोरी भएका छन्।

सबैला नगरपालिका वाडा नम्बर-११ इनर्वा टोलका स्थानीय राजिन्द्र यादवको मोटरसाइकल चोरी भएको यादवले जनाएको छ । यादवका अनुसार ज.११ प ५९२३ नम्बरको २२० पल्सर मोटरसाइकल मोटरसाइकल चोरी भएको हो ।

आफ्नै घरभित्रको आगनमा चावी लगाएको र लक गरेर राखिएको अवस्थाका मोटरसाइकल सनिवार राती १ देखि ३ बजे भित्रमा चोरी भएको यादवले जानकारी दिएको छ ।

मोटरसाइकल चोरी लाग्दै नजिकको इलाका प्रहरी कार्यालय सबैलामा निवेदन दिएको र प्रहरीले चोरीमा संलग्नको खोजीकार्य अघि बढाएको छ ।

प्रतिक्रिया





Top