सुकुम्बासीले मधेसीलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै जनकपुरीया युवाद्वारा विरोध प्रदर्शन

मधेशपाटी अनलाइन     २०७९ मंसिर १८, आईतवार १८:४९ बजे मा प्रकासित


 

मधेसपाटी डेस्क, जनकपुरधाम। काठमाडौंका सुकुम्बासीले मधेसीलाई धोती भनेर अपमानजनक शब्द प्रयोग गरेको भन्दै जनकपुरधामका युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौंका सुकुम्बासीले मधेसीलाई गाली दिएको भन्दै मधेस प्रदेशको राजधानी जनकपुरधाममा युवाहरूले विरोध प्रदर्शन गरेका हुन् ।

जनकपुरधामका युवाहरूले मधेसी समुदायमाथि लक्षित गरी अपमानजनक शब्द प्रयोग नगर्न विरोध प्रदर्शनमार्फत सचेतसमेत गराएको छ ।

युवा अभियन्ता आदर्श मण्डलले विगत केही समयदेखि मधेसी समुदायलाई लक्षित गरी काले, मदिसे, भैया, धोतीजस्ता अपमानजनक शब्द प्रयोग हुने गरी सामाजिक सदभावमा खलल पार्ने काम भइरहेकोले त्यस्ता काम गर्ने व्यक्तिमाथि नेपालको प्रचलित कानुन बमोजिम कडा कारबाही गर्न माग गरेका छन् ।

यसअघि मधेशी आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेको भिडियोमा मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई आग्रह गरेको छ ।

मंसिर १४ गते सामाजिक सञ्जालमा धेरै प्रचार भएको एक भिडियोमा मेयर बालेन शाहविरुद्ध नाराबाजी भएको थियो । त्यस क्रममा मधेशी समुदायमाथि अपमानजनक शबक्द प्रयोग गरी सम्पूर्ण मधेशी समुदायलाई अपमानित र सामाजिक सद्भाव तथा राष्ट्रिय एकता खलल पार्ने काम भएको आयोगले बताएको छ ।

 

प्रतिक्रिया





Top