प्रेरणाको आयोजनामा स्वयम सेवक दिवसमा बक्तुत्वकला प्रतियोगिता ।।

मधेशपाटी अनलाइन     २०७९ मंसिर १९, सोमबार २२:२८ बजे मा प्रकासित



सर्लाहीको कौडेना गाउँपालिकामा अन्तराष्ट्रिय स्वयम सेवक दिवस २०२२ को अवसरमा किशोरी शिक्षा प्रबर्दनमा स्वयमसेवकको भूमिकाको विषयमा बक्तुत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

कौडेना गाउँपालिका वार्ड न.३ स्थित वडाकार्यलयको सभा हलमा प्रेरणा, सर्लाहीको आयोजना, भिएसओ र हैण्डी क्यापको आर्थिक सहयोगमा किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रम अन्तर्गत उक्त प्रतियोगिता संचालन गरिएको प्रेरणाको परियोजना संयोजक रामचन्द्र चौधरीले जानकारी दिए ।

किशोरी शिक्षाको प्रवर्धन गर्न स्वमसेविकाको भुमिका बिषयक बक्तुत्वकला प्रतियोगितामा कौडेना गापा ५ छपकैयाको सोविता कुमारी यादव प्रथम, कौडेना गापा ४ मोतिपुरको सर्मिला साह द्धितिय, मलंगवा नपा १२ गम्हरियाको पुनचुन देवी साह तृतिय भएकी छिन, भने मलंगवा ४ को गुडी खातुन र मलंंगवा ६ खुटौनाको रविता कुमारी यादवले सान्वत्वना पुरुस्कार हात पार्न सफल भएकी छिन ।

कार्यक्रममा मलंगवा नरपालिकाको २१ र कौडेना गाउँपालिकाको २१ गरी ४२ जना ठूलीदिदीहरुको उपस्थित रहेको जिल्ला परियोजक अफिसर जगदिश बैठाले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ठ गर्नेलाई सम्मान स्वरुप उपहार प्रदान समेत गरिएको बताए ।

अन्तराष्ट्रिय स्वयम सेवक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै परियोजना संयोजक चौधरीले समाजका परिवर्तनका हरेक अयाममा स्वयमसेवकको महत्वपूर्ण भूमिका रहेको बताए ।
स्वयम सेवकहरु विना तलब, भक्ता समाज परिवर्तन हरेक क्षेत्रमा उल्लेखनिय काम गरी विश्वभरी बढदो असमनताले साझा समाधान खोज्नको लागि मिलेर काम गर्न आवश्यक रहेको छ भनी सन्देश दिएको छ । उहाँले भने ।
स्वयम सेवकहरु, ऐक्यबद्वता, भएर विकास चुनौतीहरुको समाधान र साझा हितका लागि कटिबद्व हुन्छन । विश्वास, नम्रता, सम्मान र समानताको स्थितिबाट एकअर्कालाई समर्थन गर्दै विकासका लागि ऐक्यबद्व हुन आजको दिनले विश्वभरका स्वयमसेवकहरु लगि आव्हान पनि गर्दछ । उहाँले समाज, राष्ट्र र देशको विकासमा स्वयम सेवकहरुको महत्वपूर्ण योगदान रहेको चर्चा समेत गरे ।

वक्तुत्वकला प्रतियोगितको साथै गित, संगित, नाचगना लगायत विभिन्न किसिमका मनोरन्जनात्मक कार्यक्रम समेत संचालनमा गरिएको थियो ।
कार्यक्रममा प्रेरणाका परियोजना संयोजक रामचन्द्र चौधरी, भिएसओका जिल्ला परियोजना अफिसर जगदिश बैठा, राष्ट्रिय स्वयसेवक कृष्ण कुमार मल्लिक, सामुदायिक परिचालक पप्पु मण्डल, सोनम कुमारी साह, अनु कुमारी सिंह, कुन्ती साह, रामकुमारी यादव ठुली दिदी, स्वयम सेविकाहरुको उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया





Top