गोडैता नगरपालिकाले गरे महिला स्वयम सेविकालाई साईकल वितरण गर्ने निर्णय ।।

न्यूज डेस्क     २०७९ मंसिर २१, बुधबार १०:२७ बजे मा प्रकासित


राधेश्याम कुशवाहा, सर्लाही ।। गोडैता नगरपालिकाले महिला स्वयम सेविकाहरुलाई साईकल दिने निर्णय गरेको छ । महिला स्वयम सेविकाहरुलाई आवतजावतमा हुने समस्यालाई मध्यनजर गर्दै साईकल दिने निर्णय गरेको गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले जानकारी दिए ।नगरको स्वास्थ सुधारमा महिला स्वयम सेविकाको समेत महत्वपूर्ण योगदान रहेको बताए ।

महिला स्वयम सेविकालाई मासिक २ भक्ता समेत वितरण गर्दै आएको छ । संघिय सरकारले समेत महिला स्वयम सेविकालाई मासिक १ हजार भक्ता दिदै आएको छ । ६० बर्ष पार गरिसकेको महिला स्वयम सेविकाको स्थानिय सरकार तथा नेपाल सरकारकाबाट दिने सेवा सुविधा सावन महिनादेखि बन्द गरिएकोे जानकारी गराए ।

एसएलसि पास सहित मापदण्ड पुरा गरेकालाई पार्टीबाट उठेर नयाँ स्वयम सेविकाको सिफारिस गर्न मेयर यादवले आग्राह गरे । मेयरले एकलौटी निर्णय गर्ने अधिकार नभएको स्पष्ट पार्दै सामुहिक निर्णय गर्दै आएको बताए । दोस्रो कार्यकालको पहिलो नगरसभा समेत सर्वसहम्मत पार गरिएको बताए । स्वास्थ संस्थामा वितरण गर्ने औषधी नेपाल सरकारले सिफारिस गरेको कम्पनीबाट मात्र खरिद गर्न र स्वास्थ संस्थामा काम नगरी लापरवाही गर्ने कर्मचारीलाई यथाशिघ्र कार्वाही गर्न स्वास्थ शाखालाई निर्देशन समेत दिए ।

गोडैता नगरपालिकाको १२ वटै वडाका स्वास्थ चौकी तथा प्राथमिक स्वास्थ केन्द्र मार्फत ९१ जना महिला स्वयम सेविकाका रुपमा कार्यरत रहेका छन ।

 

गोडैता नगरपालिका महिला स्वयम सेविका दिवस समेत मनाए ।।

सर्लाहीको गोडैता नगरपालिकामा समेत महिला सामुदायिक स्वास्थ स्वयसेविकाको प्रतिबद्वता, स्वास्थ प्रबर्दनमा हाम्रो ऐक्यबद्वता मुल नारका साथ १९ औं महिला सामुदायिक स्वास्थ स्वयमसेविका दिवस समेत विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

गोडैता नगरपालिकाको स्वास्थ शाखाको आयोजनामा श्री वेणी भोला नमुना माविको सभा हलमा अन्तराष्ट्रिय महिला स्वयम सेविका दिवस २०७९ तथा सम्मान कार्यक्रम सम्पन्न गरेका हुन ।

अन्तराष्ट्रिय महिला स्वयम सेविकाको अवसरमा आयोजित कार्यक्रममा गोडैता नगरपालिकाको मेयर देवेन्द्र कुमार यादव र उपमेयर अंजना कुशवाहाले प्रत्येक महिला स्वयम सेविकालाई फुलको माला, अबिर लगाएर सम्मान गर्नुको साथै एकएक थान झोला र छाता समेत वितरण गरेको छ ।

स्थानिय स्तरमा आधारभूत स्वास्थ्यको उपयोगमा बृद्वि तथा सरसफाईमा सुधार ल्याउन महिला स्वयम सेविकाको महत्वपूर्ण भूमिका रहदै आएको स्वास्थ शाखा प्रमुख प्रमोद पंडितले जानकारी दिए ।

ग्रामिण क्षेत्रमा आमा तथा बच्चाको स्वास्थ स्तरमा सुधार ल्याउन आवश्यक प्रतिकरात्मक र प्रबद्र्वनमा सेवा पुर्याउन, जनताको स्वास्थ स्थितिमा देखिएको क्रमिक सुधार मुख्यत मातृ मृत्यूदर, शिशू मृत्यूदर तथा बालमृत्यूदरमा आएको कमिमा महिला स्वयम सेविकाको नेपाल सरकारले समेत उच्च मुल्यांकन गरेको छ । उहाँले भने ।

दिगो विकास हासिल गर्नका लागि महिला स्वयम सेविका भूमिका स्पष्ट देखिन्छ । राष्टिय स्वास्थ क्षेत्रका सुधार कार्यन्वयन योजनाले संगठित र सुव्यवस्थित स्वास्थ क्षेत्रबाट उपलब्ध गराउने अत्यावश्यक स्वास्थ सेवाको उपयोगिता बृद्वि गरी नेपाली जनताको स्वास्थ्य स्तरमा सुधार ल्याउने प्रतिबद्वता कायम राखेको छ ।

यसका लागि समुदायमा महिला स्वयमसेविका आधारभूत स्तम्भको रुपमा लिएको छ । उपलब्ध स्वास्थ सेवामा उपयोग दरमा उल्लेख्य बृद्वि हुन नसकेका तथा ग्रामिण विरामी तथा मृत्यूदर पनि तुलनात्मक रुपमा कम हुन नसकेको सन्दर्भमा महिला स्वयम सेविकाको भूमिकालाई नयाँ सम्भावनको रुपमा विकसित र क्रियाशिल गराउन उपयोगि हुने देखिन्छ । स्वास्थ संस्था र समुदाय बिच बसेर काम गर्ने, स्वास्थ जनचेतना जगाउने र स्वास्थय अभियानमा लाग्ने महिलाको भूमिका अपरिहार्य हुने उहाँको कथन थियो ।

कार्यक्रममा गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव, उपप्रमुख अंजना कुशवाहा, प्रमुख प्रशासकिय अधिकृत रमेश कुमार यादव, शिक्षा शाखा प्रमुख प्रमोद कुमार यादव, महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष रम्भा, वार्ड न.७ का वडाअध्यक्ष विनेश दास, वार्ड न. ५ का वडाअध्यक्ष प्रकाश गुप्ता, वार्ड न. ११ का वडाअध्यक्ष विश्वनाथ पंडित, वार्ड न. ९ का वडाअध्यक्ष दसैं सहनी, वार्ड न. ४ का वडाअध्यक्ष राजाराम साह, सबै स्वास्थ चौकीका प्रमुख, जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरु, कर्मचारी, स्वास्थकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया





Top