दुधे बालबालिका बोकेर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको -यालीमा सर्लाहीका मुसहर महिला

मधेशपाटी अनलाइन     २०७९ मंसिर २३, शुक्रबार ११:०७ बजे मा प्रकासित



सर्लाही।। मुसहर महिला सशक्तिकरण मन्च चन्द्रनगरको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०७९ को क्रममा मुसहर महिला सशक्तिकरण मन्चका महिलाहरुले चन्द्रनगरमा जनचेतना मुलक -याली तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन ।
चनद्रनगर गाउँपालिकाको बानटोल, पोखरिया, बडकुर्वा,नाडीताल कामत, बिर्ता बजारका २ सय जना भन्दा बढी मुसहर महिलाहरुले विभिन्न चेतनामुलक सन्देस सहित व्यानर, पर्चा र पम्मप्रिलेटमा श्रम शोषण बन्दगरौ, जाडरक्सी बन्दगरौ, समान ज्याला कायमगरौ,वालवालिकालाई पढन पठाऔं, छुवाछूत बन्द गरौ, भुमिहिन सुकुमबासीहरुलाई जग्गा दिलाउ भन्ने नारा लेखेका प्लेकार्ड सहिता नारा लगाउर्दै बजार परिक्रमा गरेका थिए ।
उनीहरुको साथमा थिए चन्द्र नगरगाँउपालिकाका प्रमुख राजकुमार महतो, इश्वरपुर इलाका प्रहरी कार्यालयका प्रमुख रौसन थापा, मुसहर अगुवाहरु र साप नेपालका कार्यक्रम संयोजक सहित अन्य किशाेर किशाेरीहरु, विद्यार्थीहरु र मुसहर अगुवाहरु निकै उत्साहित हुँदै कार्यक्रममा सहभागी भएको दृष्य वरपरका मानिसहरु चाख मानेर हेरिरहेका थिए ।

टोल तथा बजार परिक्रमा पछि -याली कोण सभामा परिणत भएको थियो । अनडेफ र साउथ एसिया पार्टनरसीप नेपाल (साप नेपाल) को सहयोगमा मुसहर महिला सशक्तीकरण मन्चको आयोजनामा संचालन गरेको -याली तथा अन्तरक्रिया कार्यक्रममा २ सय ५० जनाको उपस्थिति रहेको साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताए

मन्तव्यको क्रममा समुदायमा अझै पनि दलितहरुको श्रम चल्ने तर उनीहरुले छोएको पानी नचल्ने गरेको मुसहर महिला सशक्तिकरण मन्चकी अध्यक्ष पतीदेवी माझीले बताईन । महाजनको घरमा गएर धान काटने, गाईबस्तुको धन्दा गर्दा नछोईने तर लाईटर माग्दा छोइन्छ भनेर नदिएको बताइन । समुहको अगुवा शिवकली देवी माझीले दलितका बालबालिका माथी बिद्यालयमा समेत भेदभाव र हिंसा हुने गरेको हुँदा आफुहरु समुदाय स्तरबाटनै हिंसा विरुद्ध एकजुट भएको बताईन ।

साउथ एसिया पार्टनरशिप नेपाल साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले मुसहर महिलाहरु समुहमा आवद्ध भएर तालिम तथा अन्य क्षमता अभिवृद्धि मुलक कार्यक्रममा भाग लिएपछि धेरै परिवर्तन आएको बताए । हाल महिलाहरुले विकासका योजना माग गर्ने, सामुहिक खेती किसानी गर्ने,बचत गर्ने,वाल विवाह रोक्ने, जाँड रक्सी जुवाता रोक्ने गरेको बताए ।

प्रतिक्रिया





Top