सर्लाहीको सदरमुकाम मलंगवामा पर्यावरण संरक्षण निति तथा लैंगिक निति निर्माणमा स्थानीय जनप्रतिनिधिहरुको भूमिका सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
ओरेक नेपाल र कयापल्टको संयूक्त आयोजना, सेभ द चिल्ड्रेन र डब्लु डब्लु एफ को आर्थिक सहयोगमा महेन्द्र होटेलको सभा हलमा एक दिने उक्त कार्यक्रम सम्पन्न भएको हो ।
दुईवटा सेक्सनमा सम्पन्न भएको कार्यक्रममा ओरेक नेपालले लैंगिक हिंसा र कयापल्टले जलवायू परिवर्तन सम्बन्धि प्रस्तुति राखेका थिए । ओरेक नेपालको तर्फबाट विकास बन्जराले महिला हिंसा, त्यसबाट महिलाको सामाजिक तथा आर्थिक विकासमा परेका असर र त्यसको न्यूनिकारणका उपायहरुको बारेमा प्रकाश पारेका थिए भने कायापल्टका संस्थापक अध्यक्ष दिवाकर उप्रेतीले जलवायु परिवर्तन, त्यसबाट परेका प्रभाव र त्यसको न्यूनिकरणका उपायबारे प्रस्तुतिकरण राखेका थिए ।
कार्यक्रममा बोल्दै ओरेक नेपाल, सर्लाहीका प्रमुख देवकुमारी महराले महिला भएर चिनाउनु भन्दा पहिला हामी मानव भएर जन्मिएको बताइन ।समाजले यस संसारमा चिनाउनका लागि सबैको एउटा समाजिक पहिचानका लागि नाम दिएपनि विशेष गरी महिलाहरुको पहिचान पुरुषको नामसंग जोडिएको बताईन ।
समाजमा महिलाको नाम भन्दा फलानो छोरी, भतिजी, बहिनी, दिदी र बिहेपछि फलानोको बुहारी, बुढी भनेर सम्बोधन गर्ने परम्परा कायमै रहेका छन । उनले भनिन ।अरुको नामसंग महिलाको नाम जोडिएको कारण गाउँघरमा महिलाहरु आफनो नाम समेत भन्न लजाउने गरेकी छिन । यसले गर्दा महिलाको आफनो पहिचान समेत कायम हुन नसकेको गुनासो गरिन ।
महिलाहरु पछाडि परेको भन्दा पनि महिलाहरुलाई पछाडि पारिएको बताइन । पुरुष प्रधान समाज र पित्तृसत्तात्मक सोचका कारण घरमा छोरी जन्मने बित्तिकै सवा हाथ धरती तरहुने गरेको टिप्पणी गरिन । पछाडी पारिएको महिलाहरुलाई अगाडी ल्याउन, महिला सशक्तिकरणका लागि स्थानिय सरकारका जनप्रनिधिहरुले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिईन ।
कार्यक्रममा ओरेक नेपाल, धनुषाका डिसी रोजलिन कुमारी, मानव अधिकार रक्षक संजाल सर्लाहीका अध्यक्ष मुकेश मिश्र, ओसिएमसीका दिवानी घिमिरे, महिला अधिकारकर्मी रम्भा झा, इन्सेक सर्लाहीका प्रतिनिधि बुधन साह, मानवअधिकार रक्षक संजालका सदस्य लक्ष्मी सुनार, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका कार्यक्रम अधिकृत गोविन्द पासवान, मलंगवा नगरपालिकाका वडाअध्यक्षहरु, महिला वडा सदस्यहरु, किशोरी समूह , महिला कृषि समूह लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, संचारकमीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।









प्रतिक्रिया