कटुवा पेस्तोलसहित सिरहाबाट एक जना पक्राउ

न्यूज डेस्क     २०७९ पुष १, शुक्रबार १०:५६ बजे मा प्रकासित


सिरहा। सिरहामा कटुवा पेस्तोलसहित हिजो (बुधबार) राति एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्लाको विष्णुपुर गाउँपालिका–३ राजपुर बस्ने २८ वर्षीय विन्दे दासलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको हो ।

यस घटनाको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा सोही ठाउँ बस्ने २८ वर्षीय सरोज यादव र निज विन्देले मोटरसाइकल चोरी गरी लगेको भन्ने खुल्न आएपछि उनीहरुको खोजी गर्ने क्रममा विन्देलाई घरमबाट प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउ परेका विन्देले कम्मरमा भिरी राखेको १ राउण्ड गोली लोड भएको अवस्थामा उक्त हतियार पनि बरामद गरिएको प्रहरीले जनाएको छ । त्यस्तै फरार रहेका सरोजको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया





Top