धनुषामा तीन दिवसीय “नमुना नगर संसदीय अभ्यास कार्यक्रम” समापन

मधेशपाटी अनलाइन     २०७९ पुष १०, आईतवार ०८:५० बजे मा प्रकासित


महेश कु.राय,

जनकपुरधाम। धनुषाको एक पालिकामा  तीन दिवसीय “नमुना नगर संसदीय अभ्यास कार्यक्रम” समापन गरिएको छ। जिल्लाको सबैला नगरपालिकामा आयोजना, युवा तथा खेलकुद मन्त्रालय तथा  राष्ट्रिय युवा परिषद् सानोठिमी, भक्तपुरको समन्वयमा नमुना युवा संसद अभ्यास प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ । पुष ७ गतेदेखि ९ गतेसम्म नमुना युवा संसद अभ्यास तथा प्रस्तुति कार्यक्रम समापन भएको हो । नमुना संसदिय अभ्यासको पहलमा युवालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि नगरको वाडा नम्बर ८ को श्री सरस्वती मा.बि.ठिल्ला, सबैलामा उक्त कार्यक्रम संचालन भएको थियो । युवालाई व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका लागि यस कार्यक्रम सञ्चालन भएको हो । यस कार्यक्रममा १६ देखि २४ बर्ष उमेर समुहका १३ वटा वडाहरूबाट २६ जनाले सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागि बिच बाटनै नगर सभा अभ्यासको लागि नमुना नगर प्रमुख, उप-प्रमुख, कार्यकारी सचिव लगायत विभिन्न समितिका संयोजकहरु निर्वाचन प्रकृयाबाट छनौट भएका थिए ।

अभ्यास अन्तर्गत सहभागि सदस्यहरुले नगरपालिका युवा क्षेत्रका विद्यमान परिस्थितिरुका विषय उठान गर्दै त्यस्को समाधानको लागि नमुना निति तथा कार्यक्रम र विधयेक तयार गरि विभिन्न समिति विच छलफल गर्दै प्रचलित नगर सभाको पुर्ण अभ्यास मार्फत पारित गरि कार्यक्रम समापन गरिएको थियो ।

जसमा नमुना युवा संसद प्रशिक्षक माे. नइम राईन, रामरतन सिंह,अभाश ठाकुर र आचल रायले प्रशिक्षण दिनु भएको थियो ।
सुरुमा कार्यक्रमलाई उद्घाटन गर्दै नगरपालिकाको मेयर कारिराम यादव, उप-प्रमुख रहिमा खातुन, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख प्रदीप मुखिया लगायत पालिकाको सदस्यहरू, वडा अध्यक्षहरू, सम्पुर्ण शाखा का प्रमुखहरू तथा विभिन्न युवा, बुद्धिजीवी हरूको उपस्थित रहेको थियोे भने अन्तिम बिदाई कार्यक्रममा वार्ड नं.१ र ९  का क्रमश: वडा अध्यक्ष मिथिला साह र मनिष कु.राय तथा नगर युवा संजालका अध्यक्ष सुरेस यादव लगायतके मन्तव्य दिदै उहाँ हरूले यस कार्यक्रमले सहभागीलाई नेपालका तिनैतहका सरकारहरू द्वारा कानुन निर्णमाण प्रक्रियाको क्रममा आउने ज्ञान तथा नेतृत्व तथा वाककलाको विकास हुने बताउनु भएको थियो । अभ्यास अन्तर्गत सहभागिहरुले पालिकाका युवा क्षेत्रका विद्यमान परिस्थितिरुका विषय उठान गर्दै त्यस्को समाधानको लागि नमुना निति तथा कार्यक्रम र विधयेक तयार गरि विभिन्न समिति विच छलफल गर्दै प्रचलित नगर सभाको पुर्ण अभ्यास मार्फत पारित गरि कार्यक्रम समापन गरिएको थियो ।    सहभागिहरुका अनुसार यस कार्यक्रम मार्फत राज्य, देशको संविधान, सरकारको प्रशासनिक तथा राजनितिक प्रणालिहरुका बारेमा विस्तृत ज्ञान लिन पाएको बताएका छन् । यस सँगै संसदिय अभ्यास गर्दै गर्दा आफुमा भाषण कला, आत्मबल तथा राज्य र राजनितिक ज्ञान-सिपको विकास भएको महसुस गर्दै पालिका र आयोजक समुहलाई धन्यबाद दिएका थिए । यस कसिमका अन्य कार्यक्रमहरु व्यवस्थित रुपमा आयोजना गर्नुहुन समेत पालिका माझ उनिहरुले अनुरोध गरेका छन् । प्रशिक्षकहरुको भनाइ अनुसार सालमा एउटा जिल्लाको एउटा पालिकामा कार्यक्रम मात्रै आउने गर्दछ यस-साल सबैला नगरपालिकामा कार्यक्रम आएको प्रशिक्षक मो.नइम राईनले जानकारी गराए।

प्रतिक्रिया





Top