वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले बिल बिजकमा उल्लेख गरिएको भन्दा बढी मालसामान बोकेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ ।वीरगञ्ज महानगरपालिका–१० आदर्शनगर ग्रिन सिटी चोकबाट प्र.२–०३–००१ ख ३६९४ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएका हो ।
बिल बिजक भन्दा बढी खुद्रा, लत्ता कपडा तथा औषधी लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट कास्कीतर्फ गइरहेको छ भन्ने सूचना प्रहरीकोमा आएको थियो । सोही सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले मंगलबार बिहान १ बजे ट्रक नियन्त्रणमा लिएको थियो ।
नमस्ते कार्गो ट्रासपोर्टबाट छुटेको ट्रक चेकजाँच गर्ने क्रममा सामानको बिल बिजक शंकास्पद देखिएकोले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।बरामद गरिएको ट्रकमा अन्दाजी ५५ लाख १२ हजार ५ सय ३१ रुपैयाँ बराबरको खुद्रा, लत्ता कपडा तथा औषधी जन्य सामाग्री रहेको अनुमान गरिएको छ । सामान सहितको ट्रक थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया