जाडाेका बेला गरिब, विपन्न परिवारलाई १२ प्रकारका न्यानो कपडा वितरण

मधेशपाटी अनलाइन     २०७९ पुष १५, शुक्रबार ११:३२ बजे मा प्रकासित



 

मधेसपाटी डेस्क, जनकपुरधाम। तराई क्षेत्रमा जाडाेका बेला गरिब, विपन्न परिवारलाई विभिन्न संस्थाले राहत बाँड्न थालेका छन् । महोत्तरीका दुई पालिकाका एक हजार दुई सय विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

इस्लामिक रिलिफ वर्ल्डवाइड नेपालको सहयोगमा दलित समाज उत्थान समिति नेपालले महोत्तरीको बलवा नगरपालिकाको वडा नं. १ र ३ का छ सय तीन जना तथा लोहारपट्टी नगरपालिका वडा नं. २ र ७ का पाँच सय ९७ जना गरी एक हजार दुई सय परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । बलवा नगरपालिकाका मेयर विजयकुमार महतोको अध्यक्षतामा न्यानो कपडाअन्तर्गत आठ हजार पाँच सय रुपैयाँ बराबरका न्यानो कपडा वितरण गरिएको हाे ।

त्यस्तै लोहारपट्टी नगरपालिका वडा नं. २ मा वडाध्यक्ष राम मिलन यादव तथा वडा नं. ७ का वडाध्यक्ष गणेश ठाकुरको अध्यक्षतामा न्यानाे कपडा वितरण गरिएको छ । संस्थाले यसअघि नै लक्षित वर्ग छनाेट गरेर अहिले चिसाेकाे समयमा राहतस्वरूप विभिन्न १२ प्रकारका न्यानो कपडा वितरण गरेकाे हाे ।

 

प्रतिक्रिया





Top