मधेसपाटी डेस्क, जनकपुरधाम। मधेस प्रदेश स्थित सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका-३ गोविन्दपुरमा आज बिहान भएकाे आगलागीबाट पाँच लाख रुपैयाँभन्दा बढीकाे क्षति भएकाे छ । गोविन्दपुरका मजिद मियाँको घरमा आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा जलेर नष्ट भएकाे हाे।
आगलागीमा परेर उहाँका पशु चाैपाया समेत जलेका प्रहरीले जनाएको छ ।
स्थानीयवासी,सशस्त्र प्रहरी, जनपद प्रहरी तथा राजविराज नगरपालिकाको सहयोगमा आगाे बिहानै निभाइएकाे प्रहरीले जनाएकाे छ ।








प्रतिक्रिया