धनुषाका पत्रकार शैलेन्द्रलाई समाचार लेखेकै कारण ज्यान मार्ने धम्की

न्यूज डेस्क     २०७९ पुष १६, शनिबार १७:१७ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाका संवाददाता अनलाइन खबरका शैलेन्द्र महतो ‘क्रान्ति’लाई विदेह नगरपालिकाका मेयर बेचन दासले ज्यान मार्ने धम्की दिएका छन् ।

मधेश प्रदेशसभा सचिवालय परिसरमा शुक्रवार नवनिर्वाचित साँसदहरुको शपथग्रहण समारोहको समाचार संकलन गर्न पुगेका पत्रकार क्रान्तिलाई मेयर दासले ज्यान मार्ने धम्की दिएका हुन् ।

विगतमा समाचार लेखेकै कारण मेयर दासले आफूलाई ज्यान मार्ने धम्की दिएको पत्रकार क्रान्तिले बताए । धम्की दिएको कुरा सार्वजनिक भएपछि मेयर दासको आलोचना भइरहेको छ ।

पत्रकार क्रान्तिले भोली प्रहरीमा मेयर दासविरुद्ध उजुरी दर्ता गराउने जानकारी दिए ।

प्रतिक्रिया





Top