सिराहा । नयाँ वर्ष २०२३को अवसरमा लाहानको एक होटलले कानुनको धज्जी उडाउदै आर्केस्ट्रा संचालन गरेको छ । लाहान १ मा पर्ने आर्किड क्याफेले अश्लीलता पस्किने खालका दोहोरो अर्थ लाग्ने गीतमा नृत्य गर्ने कलाकारहरु बोलाई कार्यक्रम गरेको हो ।
नयाँ वर्षको पुर्व संध्यामा ग्राहकलाई आकर्षित पार्ने हिसाबले उत्तेजित हुनेखालका गितमा नृत्य गराईएको थियो ।सांस्कृतिक कार्यक्रमको लागि बोलाइएको भनिए पनि उनीहरू दोहोरो अर्थ लाग्ने गीतमा नृत्य प्रस्तुत गरेको बताईएको छ ।
ईलाका प्रहरी कार्यालय लाहान (क) का डिएसपी कुमार मैनालीलाई सो कार्यक्रमको बारेमा सोध्दा पहिला आफुलाई त्यस्तो कुनै जानकारी नरहेको बताए पनि केहिबेर पछि कार्यक्रम रोकिएको थियो ।
प्रहरी कार्यालय भन्दा करिब ३ सय मिटर मात्र टाढा रहेको होटलमा साझ देखि त्यस्ता कार्यक्रम संचालनमा रहनु तर प्रहरीलाई कुनै जानकारी नहुनुले लाहान नगरको सुरक्षा ब्यवस्थापन माथी यक्ष प्रश्न तेर्साएको छ । कतिपयले प्रहरीकै आर्थिक सेटिङमा उक्त कार्यक्रम भएको आरोप लगाएका छन् ।








प्रतिक्रिया