मधेसपाटी डेस्क, सिरहा(औरही)। सिरहाको औरही गाउँपालिकामा चार दिवसीय “नमुना गाउँ युवा संसदीय अभ्यास कार्यक्रम” समापन गरिएको छ। औरही गाउँपालिकाको आयोजना, युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय युवा परिषद् सानोठिमी, भक्तपुरको सहयोगमा नमुना युवा संसद अभ्यास प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ । पुष ११ गतेदेखि १४ गतेसम्म नमुना युवा संसद अभ्यास तथा प्रस्तुति कार्यक्रम समापन भएको हो । नमुना संसदिय अभ्यासको पहलमा युवालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि औरही गाउँपालिकाको सभा हलमा उक्त कार्यक्रम संचालन भएको थियो । युवालाई व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका लागि यस कार्यक्रम सञ्चालन भएको हो । यस कार्यक्रममा १६ देखि २४ बर्ष उमेर समुहका ५ वटा वडाहरू बाट ३० जनाले सहभागिता जनाएका थिए ।कार्यक्रममा सहभागि बिच बाटनै नगर सभा अभ्यासको लागि नमुना गाउँ प्रमुख, उप-प्रमुख, कार्यकारी सचिव लगायत विभिन्न समितिका संयोजकहरु निर्वाचन प्रकृयाबाट छनौट भएका थिए ।
अभ्यास अन्तर्गत सहभागि सदस्यहरुले नगरपालिका युवा क्षेत्रका विद्यमान परिस्थितिरुका विषय उठान गर्दै त्यस्को समाधानको लागि नमुना निति तथा कार्यक्रम र विधयेक तयार गरि विभिन्न समिति विच छलफल गर्दै प्रचलित नगर सभाको पुर्ण अभ्यास मार्फत पारित गरि कार्यक्रम समापन गरिएको थियो ।
जसमा नमुना युवा संसद प्रशिक्षक माे. नइम राईन, रामरतन सिंह,अभाश ठाकुर र आचल राईले प्रशिक्षण दिनु भएको थियो । सुरुमा कार्यक्रमलाई उद्घाटन गर्दै गाउँपालिकाको अध्यक्ष शिवजी यादव, उपाध्यक्ष रेणु यादव,औरही गा.पा.का प्रमुख प्रशशिय अधिकृत रमेश यादव शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख काशिन्दर यादव लगायत पालिकाको सदस्यहरू, वडा अध्यक्षहरू, सम्पुर्ण शाखा का प्रमुखहरू तथा विभिन्न युवा,पत्रकार बुद्धिजीवी हरूको उपस्थित रहेको थियोे भने अन्तिम बिदाई कार्यक्रममा गाउँपालिकाको अध्यक्ष शिवजी यादव ५ वटै वडा अध्यक्ष गा.पा.का प्रमुख प्रशशिय अधिकृत रमेश यादव शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख काशिन्दर यादव लगायतले मन्तव्य दिदै उहाँ हरू ले यश कार्यक्रमले सहभागीलाई नेपालका तिनैतहका सरकारहरू द्वारा कानुन निर्णमाण प्रक्रियाको क्रममा आउने ज्ञान तथा नेतृत्व तथा वाककलाको विकास हुने बताउनु भएको थियो । अभ्यास अन्तर्गत सहभागिहरुले पालिकाका युवा क्षेत्रका विद्यमान परिस्थितिरुका विषय उठान गर्दै त्यस्को समाधानको लागि नमुना निति तथा कार्यक्रम र विधयेक तयार गरि विभिन्न समिति विच छलफल गर्दै प्रचलित नगर सभाको पुर्ण अभ्यास मार्फत पारित गरि कार्यक्रम समापन गरिएको थियो । सहभागिहरुका अनुसार यस कार्यक्रम मार्फत राज्य, देशको संविधान, सरकारको प्रशासनिक तथा राजनितिक प्रणालिहरुका बारेमा विस्तृत ज्ञान लिन पाएको बताएका छन् । यस सँगै संसदिय अभ्यास गर्दै गर्दा आफुमा भाषण कला, आत्मबल तथा राज्य र राजनितिक ज्ञान-सिपको विकास भएको महसुस गर्दै पालिका र आयोजक समुहलाई धन्यबाद दिएका थिए । यस कसिमका अन्य कार्यक्रमहरु व्यवस्थित रुपमा आयोजना गर्नुहुन समेत पालिका माझ उनिहरुले अनुरोध गरेका छन् ।
प्रशिक्षकहरुको भनाइ अनुसार एक वर्षमा एउटा जिल्लाको एउटा पालिकामा कार्यक्रम मात्रै आउने गर्दछ यस-वर्ष औरही गाउँपालिकामा कार्यक्रम आएको प्रशिक्षक मो.नइम राईनले जानकारी गराए।
प्रतिक्रिया