स्वदेश तथा विदेश समेत लोकप्रिय हुँदै मलङ्गवा नगरपालिकाको नगर गान ।।

न्यूज डेस्क     २०७९ पुष १९, मंगलवार २०:१९ बजे मा प्रकासित


राधेश्याम कुशवाहा, सर्लाही ।।सर्लाहीको मलङ्गवा नगरपालिकाको नगर गितको चर्चा स्वदेश तथा विदेशमा समेत हुन थालेका छन । सर्लाहीको सदरमुकाम मलङ्गवा सम्पुर्ण जिल्लावासीको आशा र भरोसाका केन्द्रका रहेका कारण यो नगर गान जिल्ला सहित स्वदेश र विदेशमा कामको सिलसिलामा बाहिर रहेका सम्पुर्ण जिल्लावासी माझ समेत लोकप्रिय हुन थालेको छन ।

यो नगर गानसंगै सर्लाहीको मंलगवा नगरपालिका मधेस प्रदेशमै पहिलो नगर गित निकाल्ने स्थानीय तह समेत बनेको छ । मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम द्वारा लिखित हाम्रो मलङ्गवा प्यारो मलङ्गवा बोलको गितमा स्थानीय गायक सन्तोष कर्ण र काठमाडौ कि श्रेया नेपालले स्वर दिएका छन ।

गायक सन्तोष कर्णकै सङ्गीत रहेको सो गित नेप्ट्युन रेकर्डिङ स्टुडियो चावहिल काठमाडौमा रेकर्ड गरिएको छ । नगर गान स्वदेश तथा विदेशमा चर्चा हुन थालेपछि स्थानीय गायक सन्तोष कर्ण समेत दङ्ग छन । नगर गानमा मलङ्गवाको चिनारी झल्किने विभिन्न मठमन्दिर, पोखरी, कृषि, पशुपालन, माछापालन, व्यापार लगायतको चर्चा गरिएको छ । यो नगर गानले मलङ्गवा नगरपालिकालाई समेत देशमा एउटै छुट्टै पहिचान मिलेको छ । उहाँले भने । यो नगर गानको सफलतापछि अरु पालिकाले नगरगान बनाउनु पर्ने उहाँले सुझाए ।

यो गित गाउने मौका दिएकोमा मलङ्गवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहनाथ गौतम र मेयर नागेन्द्र कुमार यादव लाई विशेष धन्यवाद दिन चाहेको बताए ।

कार्यपालिका बैठकबाट नगर गान स्वीकृत भई सार्वजनिक गरिएको केही दिनमै गितले चौतर्फी प्रशंसा बटुल्न थालेकोमा मलङ्गवा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत गेहनाथ गौतमले खुशि व्यक्त गरे । यो सन्देशमुलक नगरगानलाई स्थानीयवासीले दिएको माया प्रेमले हामीलाई थप आत्मविश्वास र उर्जा मिलेको छ । उहाँले भने । अगामी दिनहरुमा पनि यस्तै रचनात्मक गतिविधिहरु गर्दै जाने बताए ।

सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिकाले आफ्नै ‘नगर गान’ तयार पारेको छ । देशभरमा सबैभन्दा धेरै २० वटा स्थानीय तह रहेको सर्लाहीमा पहिलो पटक मलङ्गवा नगरपालिकाले ‘हाम्रो मलङ्गवा, प्यारो मलङ्गवा’ बोलको आफ्नै नगर गान तयार पारेको नगरप्रमुख नागेन्द्र कुमार यादवले बताए ।

नगरभित्रका पुरातात्त्विक तथा ऐतिहासिक स्थलको प्रचारप्रसार र सम्पूर्ण नगरवासीको आफ्नो मातृभुमी प्रती माया बढोस् भन्ने उद्देश्यले नगर गान तयार पारिएको छ । उहाँले भने । यो नगर गानले सम्पुर्ण नगरभरीका विभिन्न जात धर्म लिङ्ग वर्ण तथा भेषभुषा भएका व्यक्तिहरुलाई एकै सुत्रमा बाँध्ने काम समेत गरेको उहाँको कथन थियो । कार्यपालिकाको बैठकले नगर गानलाई बज्जिका लगायतका स्थानीय भाषामा रूपान्तरण गरी तयार गर्दै जाने निर्णय गरेको बताए ।

“नगर र नगर मातहतका कार्यालयले आयोजना गर्ने औपचारिक कार्यक्रम तथा विद्यालयमा विद्यार्थीले प्रार्थना गर्दा राष्ट्रिय गानसँगै नगर गान प्रयोग गर्ने योजना समेत मलङ्गवा नगरपालिकाले जनाएको छ ।

नगर गान लेखेसंगै प्रमुख प्रशासकिय अधिकृतलाई रचनात्मक मङ्गलवाको समृद्धि र विकासमा योजना बनाउने प्रमुख प्रशासकिय अधिकृतको रुपमा चिनिन थालेको छन। विगतका दिनमा जे जस्तो भएपनि हाल मङ्गलवा नगरपालिकाले विकासको क्रममा रहेका बाधक तत्वहरुलाई छिनोफानो गरी विकास र समृद्धिको पथमा अघि बढन थालेको जानकारहरुको बझाई रहेका छन ।

यस्तो छ नगर गान :

हाम्रो मलङ्गवा, प्यारो मलङ्गवा

मलङ् बाबा, राजदेवी, झिलमिलियामाई

बाबा स्वामी, शिव सागर मेला भर्न आई

जिला निया, राजा मस्जिद नमाजका वाणी

सर्लाहीका मलङ्वासी सभ्य, स्वाभिमान

हाम्रो मलङ्गवा प्यारो मलङ्गवा

कृषि, व्यापार, पशुपालन, पोखरीका माछा

शिक्षा, स्वास्थ्य, रोजगारी सबैलाई आशा

बुद्धिजीवी, अगुवाको मार्ग पछ्याउने

अघि बढ्दै समृद्धि र सुशासन ल्याउने

हाम्रो मलङ्गवा, प्यारो मलङ्गवा

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

प्रतिक्रिया





Top