अख्तियारको खोजी नक्कली परीक्षक

न्यूज डेस्क     २०७९ पुष २२, शुक्रबार १८:०५ बजे मा प्रकासित


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको नक्कली परीक्षक खोजी थालेको छ । आयोगले उत्तरपुस्तिका परीक्षण गरेको भन्दै नक्कली कागजपत्र बनाएर त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट २६ लाखभन्दा बढी रकम ठगी गर्ने व्यक्तिको खोजी थालेको हो । आयोगले एक व्यक्तिलाई फेला पारिदिनको लागि सार्वजनिक सूचना सूचना आह्वान गरेको छ । आयोगले फोटो सार्वजनिक गर्दै सम्बन्धित व्यक्ति फेला परेमा सबै भन्दा पहिले खबर गर्ने व्यक्तिलाई रु. ५०,०००÷– पुरस्कार प्रदान गरिने जनाएको छ ।साथै, सूचना दिने व्यक्तिको पहिचान गोप्य राखिने समेत आयोगले प्रष्ट पारेको छ। साथै आयोगले ति व्यक्तिको पहिचान गरिदिन पनि आग्रह गरेको छ ।

अख्तियारले गत पुस १३ मा आफ्नो वेबसाइटमा उक्त सूचना राखेको थियो । गत साता सञ्चारमाध्यममार्फत सूचना जारी गर्दा पनि व्यक्ति पहिचान हुन नसकेपछि आइतबार त्रिविका विभिन्न निकायमा उक्त सूचना टाँसिएको छ । त्रिविको परीक्षा नियन्त्रण कार्यालयले भने किर्ते कागजात बनाई रकम लिने व्यक्तिको खोजी भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले पनिकाको आग्रहमा बदमासी गर्ने व्यक्तिको खोजी भएको बताए । घटना २०७५ अघिको हो । नक्कली कागजात बनाई ती व्यक्तिले त्रिविबाट २६ लाखभन्दा बढी रकम लिएको एक कर्मचारीले बताए । ति व्यक्तिलाई काठमाडौँ लगायत नेपाल भरिका जुनसुकै स्थानमा जो कोहीले देखी पहिचान गरेमा नजिकको प्रहरी कार्यालय वा आयोग केन्द्रीय कार्यालयको सम्पर्क नं. ०१–५२६२१५१, वा हटलाइन नं.ः १०७, वा इमेल ठेगाना ः ष्लाय२अष्बब.नयख.लउ मा जानकारी दिन आग्रह गरेको छ । आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा ३५ (क) बमोजिम ति व्यक्तिको पहिचान गर्न तथा फेला पार्नेलाई पुरस्कार दिन लागेको हो । आयोगले यस कार्यमा सहयोग गरि भ्रष्टाचार अपराधको अनुसन्धान कार्यमा सहयोग गरी दिन सार्वजनिक सूचना प्रकाशन गरेको हो।आयोगका अनुसार ति व्यक्ति अन्दाजी ३५÷४० वर्षको जस्तो देखिने नेपाली मूलको गहुँगोरो वर्णको पुरुष हुन् । आयोगले सिसीटिभीमा कैद भएको एक पुरुषको तस्बीर सार्वजनिक गरेको हो ।

प्रतिक्रिया





Top