गृहमन्त्री लामिछाने ‘भीआईपी’ कुर्सी हटाएर सामान्य कुर्सीमा बसे

न्यूज डेस्क     २०७९ पुष २३, शनिबार १८:१० बजे मा प्रकासित


काठमाडौं । सशस्त्र प्रहरी बलको कार्यक्रममा भाग लिन गएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्ना लागि राखिएको विशेष कुर्सी हटाउन लगाएका छन् ।मन्त्रीका लागि राखिएको विशेष कुर्सी हटाउन लगाएर प्रहरी अफिसरसरहको कुर्सी मगाएर गृह मन्त्री लामिछाने बसेका छन् ।
गृहमन्त्री लामिछानेको सचिवालय संयोजक दिपक बोहराले यसबारे फेसबुकमा लेखेका छन् । उनले लेखेका छन्, ‘सशस्त्र प्रहरी बलको औपचारिक कार्यक्रममा आफ्ना लागि राखिएको ठुलो छुट्टै किसिमको सोफा हटाउन लगाएर अरु अफिसर सरह समान किसिमको सोफामा बस्नु भयो उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने । हो, यो हाम्रो पुस्ता हो र हाम्रो पुस्ता लाई थाहा छ, हामी सबै समान हौँ ।’

प्रतिक्रिया





Top