काठमाडौं । प्रतिनिधिसभाका सदस्य डा. सीके राउत नेतृत्वको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच मोर्चाबन्दी गर्ने सहमति भएको छ । आइतबार जनमत पार्टीका अध्यक्ष डा. राउत र नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीच मोर्चाबन्दी गर्ने सहमती भएको हो।
मोर्चाबन्दी का लागि १२ बुँदे सहमति भएको छ । र, उक्त सहमति पत्रमा दुवैले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा रेशम चौधरीलगायत बन्दीको रिहाइ, मुलुकी फौजदारी संहिता पहिलो संशोधन अध्यादेश, २०७९ लाई संसद्बाट पारित गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सीके राउतसँग भएको सहमति कार्यान्वयन, नागरिकता विधेयक पास गर्नुपर्ने र संविधान संशोधनलगायतका विषयहरु रहेका छन् ।दुबैबीच यी सबै सहमति कार्यान्वयनपश्चात मात्र संघ र प्रदेशमा एक भएर जाने पनि सहमति भएको छ ।








प्रतिक्रिया