क्यान्सर पीडितलाई आर्थिक सहयोग

मधेशपाटी अनलाइन     २०७९ पुष २५, सोमबार १९:२९ बजे मा प्रकासित


महेश कु.राय। मधेसपाटी डेस्क, सबैला(धनुषा)। लामो समयदेखि लिभरमा क्यान्सरबाट पीडित धनुषाको सबैला नगरपालिका वडा नं. ०९ भठिहन निवासी सियाराम कापरको उपचारका लागि सहयोग गरिदिन परिवारले अपिल गरेको छ । उहाँलाई उपचारको लागि चितवन स्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार हुँदै आइरहेका छन्।   
                           पीडित कापर विगत ७ महिनादेखी उपचार गराउदै आइरहेको कापर बताउँछन। पीडितको अनुसार  अहिलेसम्म आठ लाख भन्दा बढी खर्च समेत भएको बताए।
       परिवारको आर्थिक अवस्था कमजोर भएकोले सो बराबरको रकम जोहो गर्न सक्ने अवस्थामा परिवार छैनन्।

त्यस्तै, आज (सोमबार) स्थानीय युवाहरूले पीडित कापरलाई आर्थिक सहयोग गरेका छन् । भठिहन समाज कल्याण सेवा समितिद्वारा बीस हजार पाँच सय रुपैयाँ पिडित कापरको घरमै पुगेर दिएका थिए। वैदेशिक रोजगारीको सिलसिलामा गएका स्थानीय युवाहरुले दीन:दुखीलाई सहयोग गर्दै आइरहेका छन्। समाज कल्याण सेवा समिति र श्री शिव शक्ति युवा क्लबको सहकार्यमा कार्यक्रमको निरंतरता दिदै छन्।

कापरको उपचारमा लाग्ने रकम सहयोग गरिदिन परिवारले देश-विदेशमा रहनुहुने सम्पुर्ण आफन्तजन, सहयोगी मनहरू, सङ्घ संस्था लगायतलाई सहयोग जुटाई जीवन रक्षा गरिदिनुहुन हार्दिक याचना गरेका छन् ।
पीडित कापरलाई सहयोग गर्न चाहनेले मो.+977 980-8175607 मा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया





Top