सबिन यादव, सिरहा । मधेश प्रदेशको सिरहामा एक अपाँगता भएकी महिलालाई एक युवकले जबर्जस्ती बलात्कार गरी गर्भ बोकाएको आरोप परिवारजनले लगाएको छ ।
राम्ररी बोल्न र राम्ररी हिडन समेत नसक्ने अन्दाजी ३० बर्षिय महिलालाई एक युवकले बलात्कार गरी गर्भवति बनाएको आरोप परिवारजनको छ ।
सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नम्बर ३ कुसहा लक्ष्मीनियाँस्थित एक विपन्न परिवारकी महिलालाई बलात्कार गरी गर्भवति बनाएर उल्टै धाकधम्की दिने गरेको आरोप पीडिता भनिएकी महिलाको भाईले लगाएका छन् ।
आर्थिक विपन्नता भएको कारण वैदेशिक रोजगारीमा रहँदै आएका पीडितका भाईले आफ्नो फेसबुक समाजिक सँजालमा दुखान्त लेख्दै प्रहरीले मुद्दा दर्ता गरेर पनि पक्राउ अझै गर्न नसकेको गुनासो पोखेका छन् ।
ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर तपारीले पीडितको तर्फबाट बलात्कारको मुद्दा दर्ता गरिसकेको छ । आरोपित भनिएको स्थानीय कोसिलाल यादवको २२ बर्षिय छोरा चन्दन यादवले गर्भवति बनाएर फरार भएको आरोप लगाईएको छ । आरोपित फरार रहेको ईलाका प्रहरीले पनि पुष्टि गरेको छ ।
गत पुस १ गते यादवमाथि ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका प्रहरी ईन्सपेक्टर केशव कटुवालले मुद्दा दर्ता गरे । उनले मुद्दा दर्ता गरे लगत्तै यादव फरार भएका छन् । उनलाई पक्राउ गर्न विभिन्न टोली समेत परिचालन गरिएको ईन्सपेक्टर कुटवालले बताए ।
प्रथम पटक बलात्कार गर्दा राम्ररी बोल्न नसक्ने ती महिलाले आफ्नो अभिभावकलाई बताएकी थिईन् । त्यस बखत नै उनको परिवारजनले यादव परिवारलाई सचेत गराउँदै यस्ता क्रियाकलाप नगर्न भनेपछि उल्टै थर्काउँदा दोस्रो पटक जाने हिम्मत गरेनन् । जातीय दम्भ देखाउँदै यादव परिवारले सोलकन जात भएको भन्दै कुटपिटको धम्की दिएपछि पीडित परिवार चुप्पी लादेका थिए ।
यादव परिवारले पीडित परिवारलाई जातको आधारमा गालीगलौँच गर्दै धम्काउँदै आएका छन् । धानुक जात भएर यादवसँग टक्कर लिएर पिसिदिने जस्ता धाकधम्की समेत दिएको परिवारजनको आरोप छ ।
आरोपितकी आमा नेकपा एमाले पार्टीबाट वडासदस्यमा चुनाव लडेर पराजित भएकी हुन् । आफू नेता हो भन्दै धाक लगाउँदै प्रहरीमा नजान चेतावनी समेत दिँदै आएको आरोप छ ।
एमाले पार्टीबाट भएको भन्दै युवकलाई स्थानीय राजनीतिकर्मीहरुले उनलाई भगाएको आरोप लगाएका छन् ।
यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता एवम् डिएसपी सुभाष बुढाथोकीले मुद्दा दर्ता भएर प्रक्रियामा रहेको तथा फरार आरोपित युवकको खोजविन जारी गरिएको बताए ।








प्रतिक्रिया