वडा अध्यक्ष सहनीले वडा बासीलाई चिसोबाट जोगाउन दाउरा वितरण

न्यूज डेस्क     २०७९ पुष २८, बिहीबार ११:५३ बजे मा प्रकासित


जनकपुरधाम । तराईमा केही दिनयता शीतलहरका कारण चिसो ह्वातै बढेपछि धनुषाको सबैला नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामदेव सहनीले आगो ताप्न वडाका विभिन्न स्थानमा दाउरा वितरण सुरु गरेका छन् ।

शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि वडा अध्यक्ष सहनीले वडाभित्र पर्ने विभिन्न क्षेत्रमा वृद्धवृद्धा तथा ज्येष्ठ नागरिक र स–साना नानीका लागि आगो ताप्न दाउरा वितरण गरेका हुन् ।

चिसो प्रभावित क्षेत्रमा मंगलबार वडा अध्यक्ष रामदेव सहनी र सदस्य रामबलि दास लगायत सर्वदलीय पार्टीका कार्याकर्ताले जुटेर दाउरा वितरण गरेको छ । उनले नगरका गरिब मुसहर तथा डोम बस्तीमा समेत आगो ताप्न दाउराको व्यवस्था गरेको छ ।

वडा बासीलाई चिसोबाट जोगाउन उनले ट्रयाक्टरमा दाउरा लोड गरि आफैले ट्रयाक्टर बसेर बस्तीको विभिन्न स्थानमा बाँडेका हुन् ।

उनले यस्तो चिसोको बेला चिसो प्रताडितलाई थोरै भएपनि न्यानोको अनुभूत गर्न पाउन भन्ने उद्देश्यले दाउराउ वितरण गरेको बताए । धनुषा जिल्लाकाे सबैला नगरपालिकाका नगर प्रमुख कारिराम यादवले शीतलहर पिडितलाई कागजमै सहयोग गरेको खबरले समाजिक सञ्जालमा देखेर आश्चर्य चकित भएको जनाए । तर केहि वडामा दाउरा बितरण गरेको छ यस बिषयमा सबैला नगरपालिका नगर प्रमुख कारिराम यादवसंग मोबाइलमा सम्पर्क गर्ने खाेजदा सम्पर्कमा आउन सकेन ।

प्रतिक्रिया





Top