नगराइन नगरपालिकाका जेष्ठ नागरिकले भत्ता नपाएपछि बिराेध कार्यक्रम

न्यूज डेस्क     २०७९ पुष २८, बिहीबार १४:३८ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकाका जेष्ठ नागरिक आन्दोलनमा उत्रिएका छन् । नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको विवादले विगत ७ महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाएपछि जेष्ठ नागरिकहरू पनि आंदोलनमा होमिएका छन तर सरोकारवालाहरू बेखबर बने जस्तै गरेका छन ।

आन्दोलनमा हाेमिएका भोला दासको अध्यक्षतामा ९ सदस्य संघर्ष समिति गठन गरेको हाे । समितिका उपाध्यक्षमा जागेश्वर सदा, कोषाध्यक्षमा राजेश्वर महतो, सचिवमा राजाई यादव छन् । यस्तै सदस्यहरुमा सिरी सदा, रामदेव मुखिया, केशवर दास, दशरथ यादव र मुनेश्वर दास रहेको जनाइएको छ ।

 

यथासिघ्र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन चरणवद्ध आन्दोलनको जारी सहित संघर्ष समितिका अध्यक्ष भोला दासले चेतावनी दिए ।

प्रतिक्रिया





Top