राधेश्याम कुशवाहा, सर्लाही ।।सर्लाहीको दक्षिणी सिमावर्ती क्षेत्र बिष्णु गाउँपालिकामा बजेट निकासा नहुदा हजारौँ बालबालिका नियमित परिक्षाबाट बन्चित भएका छन् ।जिल्लाका अन्य पालिकाहरुमा दोस्रो त्रैमाशिक परिक्षा चलिरहदा बिष्णु गाउँपालिकामा भने पहिलोको समेत अत्तोपत्तो छैन् । गाउँपालिकाका जनप्रतिनिधी विचको लुच्छाचुडीका कारण १० वटा सामुदायिक बिद्यालयका ६ हजार बढि बालबालिकाले नियमित परिक्षा समेत दिन नपाएका हुन् । यस पालिकामा परिषद हुन नसक्दा सम्पुर्ण गतिविधि ठप्प प्राय बनेको छ ।
नगरपालिकाले बजेट निकासा नदिएपछि नियमित परिक्षा समेत गर्न नसकिएको एक शिक्षकले बताए । बिद्यालय सगँ कुनै किसिमको आन्तरिक श्रोत समेत नभएकोले पालिकाले नदिए सम्म खाने पानि किन्ने समेत अवस्था नरहेको वडा नम्बर ३ मधुवन गोठमा रहेको माध्यामिक बिद्यालयका प्रधानाध्यापक विसाल महतोले जानकारी दिए ।
कसरी गर्ने परिक्षा रु परिक्षाको लागि कपी किन्ने पैसा समेत छैन् । उन्ले भने, हामीले तलव खान नपाएको महिनौँ भईसक्यो । अनेकन खालका पारिवारिक समस्या छ । कस्ले बुझने रु नियमित तलव नपाए पछि घर परिवार चलाउन अन्तपनि काम गर्नु पर्ने अवस्था आईसक्यो । तलव नपाउनदा शिक्षक शिक्षिकाहरु समेत नियमित बिद्यालय आउन छाडेका उनीहरुको भनाई छ ।
पालिकामा संचालनमा रहेका अधिकांस बिद्यालयको अवस्था दयनिय बन्दै गएको स्थानीय राम पदारथ यादवले बताए । अभिभावकले समेत बालबालिका बिद्यालय पठाउन छाडिसकेको उन्को भनाई छ । बिद्यालयमा किन पठाउनु रु मास्टर सावहरु कहिले कहिले मात्र आउछन् । उन्ले भने, बिद्यालय र पढाईको बिषयमा कसैलाई चासो छैन् ।
गत अषाढ यता सरकारले दिदै आएको दिवा खाजा समेत बालबालिकाले खान पाएका छैन्न । नगरबाट पैसा आउन छाडे पछि खाजाँ बन्द गरिएको शिक्षकहरुको भनाई छ । विद्यालयहरुमा नियमित परीक्षा नहुदाँ आफुहरु अन्योलमा परेको बालबालिकाहरुको गुनासो छ । बिद्यार्थीहरुले पुस्तक समेत नपाएको गुनासो गरे कक्षा भरिका सबैले एउटै पुस्तकबाट पढ्नु पर्ने बाध्यतारहेको उनीहरुले सुनाए । यस विषयमा पालिकालाई जानकारी गराईएको शिक्षकहरु बताउछन् ।
विद्यालयमा नियमति परीक्षा र पढाई हुन छाडेपछि पढाई प्रति विद्यार्थीहरु निराश हुन थालेका छन् । बिष्णु गाउँपालिका–३, मधुवन बजार स्थित माध्यमिक विद्यालय मधुवन गोठमा अध्ययनरत आकाश साह आफुहरुले पढेको मापन गर्ने परिक्षा नहुदा अन्योलता छाएको बताए । परीक्षा नहुदाँ हामीले पढेलेखेका कुराहरुको मूल्यांकन कसरी हुन्छ रु हामी कति पढेका छौं रु कसरी पढछौ रु उनले भने ।
समयमा परीक्षा नहुदाँ विद्यार्थीहरुमा पढाईप्रति नकरात्मक असर परेको बिष्णु गाउँपालिका–७, दुल्वा बत्रौल स्थित समाजिक आधारभूत विद्यालयका प्रधानाध्यापक रामवप्रवेश यादवको भनाई छ ।
बजेट अभावमा पहिलो र दोस्रो त्रैमासिक परीक्षा गराउन नसकेको बिष्णु गाउँपालिकाका शिक्षा शाखा प्रमुख विवेक कुमार साहले बताए । पालिकाको परिषदबाट बजेट पास नभए सम्म अन्य सगैँ शैक्षिक अवस्था यस्तै रहने उन्ले जानकारी दिए ।यता तिनै जनताले मत दिएर निर्वाचित गराएका जनप्रतिनिधि मेरो गोरुको बाह्रैँ टक्का गरेर बसिरहेका छन् । परिषद हुन नसक्दा पालिकाको अवस्था दयनिय भएको बिषयमा अझै तैचुप मैचुपको अवस्थमा उनीहरु छन् ।
यसरी पालिकाको सम्पुर्ण गतिविधि ठप्पहुदा समेत निकास दिनुको सट्टा एक अर्कालाई आक्षेप लगाउने काममा ब्यस्त देखिएका छन् । नगरको बजेट खर्च गर्ने बिषयमा पालिका प्रमुख र वडा ध्यक्षहरु विच टक्राव सुरु भएको स्थानीयको भनाई छ ।
अनावश्यक बखेडा झिकेर पालिकाका केही प्रतिनिधिले परिषद हुन नदिएको बिष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवले बताए । उन्ले तत्काल प्रकृयागत ढंगले परिषद गरेर काम गर्ने बताए । तर, पालिकामा समयमै परिषद नभएका कारण सम्पुर्ण गतिविधि ठप्प भएको, शिक्षा, स्वास्थ्य, लगाएतका कर्मचारीले महिनौ देखी तलव भत्ता खान नपाएको, विद्यालयका बालबालिकाको भविश्यमाथि खेलवाड भएको कुरा भने अस्वीकार गरे ।
परिषद नभए पनि पालिकाको सम्पुर्ण गातिविधि सामान्य ढंगले चलिरहेको उन्को दावी थियो । पालिकाको बजेट निकासा नगरेर पछि दुई चौमासिक देखी सामाजिक सुरक्षा भत्ता नपाएका बृद्ध, बृद्धाले गत मंसिर १७ गते पालिकाको मुल गेटमा पुगेर बिरोध समेत गरेका थिए । अन्य आयश्रोत नभएका बृद्ध, बृद्धा तथा अपांगता भएकाले पाउदै आएको सुरक्षा भत्ता समेत नगर नदिएको उनीहरुको गुनासो थियो ।
नियमित औषधी खाने बिष्णु गाउँपालिका–४, का ७१ बर्षका ऋषी महतोले यतिका समय सुरक्षा भत्ता नपाउदा औषधी समेत किनेर खान नसकेको बताए । जाडोमा न्यानो कपडा किनेर लाउने ईच्छा समेत अधुरो रहेको उन्को दुखेसो थियो । डाडाँ माथिको जुन घाम जस्तै आफुहरुलाई सुविधाको नाममा सास्थी दिएको भन्दै उन्ले आक्रोस पोखे ।








प्रतिक्रिया