सहकारी संघ धनुषाका अध्यक्ष यादव बचतकर्ताको लाखौं ठगी आरोपमा समातिए

मधेशपाटी अनलाइन     २०७९ माघ ३, मंगलवार १६:१० बजे मा प्रकासित


जनकपुरधाम । जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष ध्रुव यादवलाई प्रहरीले गिरफ्तार गरेका छ। उनलाई प्रहरीले बचतकर्ताबाट संकलित लाखौं रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको हो।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको संचालक समितिका सदस्यसमेत रहेका यादवलाई प्रहरीले पक्राउ गरी मुद्दा समेत चलाएको छ।

यादवलाई सहकारी संस्थाका बचतकर्ताको रकम ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दिपक रायले बताए ।

जिल्ला प्रहरी धनुषाका अनुसार एकजना सहकारीका बचतकर्ताले आफ्नो जग्गा सहकारीमा धितो राखी २५ लाख रुपैयाँ ऋण लिएको र पछि सो रकम फिर्ता गरेपनि यादवले लामो समयसम्म उनको जग्गा फुकुवा नगरि लिलामीको अवस्थामा पुर्याएकाले उनले दिएको उजुरीका आधारमा यादवलाई ठगी मुद्दामा पक्राउ गरिएको हो।

‘प्रारम्भिक अनुसन्धानमा सहकारीमा आबद्ध बचतकर्ताको जग्गा फुकुवा नगरी यादवले करिब २५ लाख रुपैयाँ आफूसँगै राखेर लामो समयसम्म फिर्ता नगरेको देखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया





Top