जनमतले रोजेको मन्त्रालय पाएन, पदभार सम्हाल्न गएनन् खानेपानी मन्त्री

मधेशपाटी अनलाइन     २०७९ माघ ३, मंगलवार १६:२३ बजे मा प्रकासित


जनकपुरधाम । सहमति विपरीत खानेपानी मन्त्रालय दिएपछि जनमत पार्टीले असन्तुष्टी जनाएको छ । सो पार्टीबाट मन्त्रीको शपथ लिएका अब्दुल खानले खानेपानी मन्त्रालयको पदभार ग्रहण गर्न अस्वीकार गरेका हुन् ।

मन्त्री खानले मन्त्रालय परिवर्तन गरेको विषयमा अहिले छलफल चलिरहेको बताए । उनले भने, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सहमति भएको थियो । तर मन्त्रालय परिवर्तन गरेपछि हामी छलफलमा छौं ।

प्रतिक्रिया





Top