जनकपुर : प्रहरीको विरोध गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ

मधेशपाटी अनलाइन     २०७९ माघ ९, सोमबार १५:१८ बजे मा प्रकासित



जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रहरीको लापरवाहीका कारण अपहरणमा परेका युवकको हत्या भएको भन्दै जनकपुरधाममा प्रदर्शन गरिएको छ ।

सोमबार स्थानीयहरुले प्रहरीको लापरवाहीका कारण अपहरणमा परेका युवकको हत्या भएको भन्दै प्रहरीको विरोध गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् ।स्थानीयहरुले गृहमन्त्री रवि लामिछानेको राजिनामाको माग गर्दै समेत प्रदर्शन गरेका छन् ।

 

मृतक विष्णु साहका मामा महेश साहले प्रहरीले लापरवाही गर्दा आफ्नो भान्जाको ज्यान गएको आरोप लगाए ।

 

यता प्रहरीले यस घटनामा ९ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक विश्वराज खड्काले बताए । उनले भारतीय प्रहरीले पाँचजना र नेपाल प्रहरीले ४ जनालाई पक्रेर राखेको बताए ।

प्रतिक्रिया





Top