निर्दोष रेशम चौधरी र लक्ष्मी महतो कोइरी लगायत आन्दोलनकारी माथि लागेका झुठामुद्दा विरुद्ध लहानमा विरोध प्रदर्शन

मधेशपाटी अनलाइन     २०७९ माघ ११, बुधबार ०८:५५ बजे मा प्रकासित



लहान।सिराहाको लहानस्थित गोलचक्र नजिक आज निर्दोष रेशम चौधरी र लक्ष्मी महतो कोइरी लगायत आन्दोलनकारी माथि लागेका झुठामुद्दा विरुद्ध विरोध प्रदर्शन गरिएको छ।

नागरिक समाज नेपाल द्वारा आयोजित सो विरोध प्रदर्शन कार्यक्रममा अधिकाँश वक्ताहरुले आआफ्नो अभिव्यक्त दिइएका छन।

मधेशी- थारु माथिको विभेद अन्त्य गर।
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर। बाहुनवाद , जातिवाद, मनुवाद – मुर्दावाद।
मानवतावाद, भाईचरा, समान्ता – जिन्दावाद मानव अधिकारको हन्न् बन्द गर । जस्ता नाराका साथ लहानको मुख्य चौकमा प्रदर्शनकारीहरुले प्रदर्शन गरिएको छ।

यो सँगै प्रदर्शनकारी विष्णु प्रसाद यादवका अनुसार सदियौको विभेद अन्त्य हुनुपर्ने । मानवतावाद , भाइचारा , समान्ता, सद्भाव र समाजिक न्यायमा पहुँच जस्ता सम्पूर्णमा नागरिकको पहुँचको अनुभव हुनुपर्ने ।
रेशम चौधरी- “जो सांसद जस्तो गरिमा पदमा जितेको जस्तालाई ठाडो निर्देशनमा सजाय प्रति हाम्रो खेद रहेको बताए ।

त्यसैगरी , नागरिक समाज नेपालका संयोजक कुमार कमलेन्द्रमका अनुसार – लक्ष्मी महतोलाई समेत प्रताडित गरिएकोमा र वहाँहरुको कार्वाही मुक्त हुनुपर्ने मांगसहित हाम्रो प्रदर्शन गरिएको बताए ।

नागरिक विधेयक रोक्नु, राजनैनिक अराजकता । संवैधानिक सर्वोच्चता, आजको अवश्यकता ।।” हेतु नागरिक समाज नेपालका मागहरू: यस्तो रहेछ।

१. सेना विघटन गर । समानुपातिक राष्ट्रिय सुरक्षा बल गठन

२. शक्ति पृथकीकरणको सिद्धान्त अबलम्बन गर ।

३. विकास र समृद्धिको मूल फुटाउने संवाहकलाई चुनौ ।

४. एउटै व्यक्ति २ वटा कार्यकारी पदमा र दुई कार्यकालभन्दा बढी नबसौं ।

५. पोषणयुक्त खाना, शुद्ध खानेपानी हरेक नागरिकको अधिकार 1 ६. राज्यका विभिन्न निकायमा हुने राजनैतिक भर्ति बन्द गर ।

७. शिक्षा, स्वास्थ्यमा नीजिकरण, व्यारीकरण बन्द गर ।

८. इन्कलाप जिन्दावाद ।

वर्गभेद , जातिभेद र लिङ्गभेद विरुद्ध युवा अभियान ।

स्वदेशमै रोजगार हाम्रो अभियान ।। सोचका साथ नागरिक समाज नेपाल नामक संस्था अघि बढिरहेको देखिन्छ ।

प्रतिक्रिया





Top