धनुषामा सिडिओ कार्यालयबाट एक जना बिचौलिया पक्राउ

मधेशपाटी अनलाइन     २०७९ माघ ११, बुधबार ११:२४ बजे मा प्रकासित


जनकपुरधाम ।मधेश प्रदेशको राजधानी जनकपुरधाममा रहेको जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक बिचौलिया पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वरका ३९ वर्षीय दिपक ठाकुर रहेको धनुषा जिल्ला प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिएका हुन ।

उनका अनुसार सेवा ग्राहीसंग १५ सय रुपैयाँ लिदै गरेको अवस्थामा उनलाई मंगलबार पक्राउ गरिएको हो ।

नागरिकता, राहदानी (पासपोर्ट) बनाउन आउने सेवाग्राहीहरुलाई कार्यालयका कर्मचारीहरु आफ्नो चिनजानको रहेको र चाँडै काम गराइदिने भनेर जनही तीनहजार रुपैयाँसम्म लिने गरेको गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया





Top