जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामकाे मधेश प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायव महानिरीक्षक बसन्त बहादुर कुँवरले कार्यरभार सम्हालेपछि मधेश प्रदेश प्रहरी अन्तरगतका खासगरी बारा, पर्सा, धनुषा जिल्लाका नेपाल भारतका सीमा क्षेत्रबाट हुने चाेरी, तस्करीका सामानहरू २/४ हजार रूपैयाँसम्मका प्रहरीले बरामद गन थालेकाे छ ।
मधेश प्रदेश प्रहरीले भन्सार छली, चाेरी मात्रै हाेइन, फरार प्रतिवादी पक्राउ गर्नुका साथै अन्य अपराधमा संलग्नहरू पक्राउ गर्ने कार्यलाई तीब्रता दिएकाे खबर छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार बारा जिल्ला बिश्रामपुर गा.पा.४ मुसहर्बास्थित ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ नामथर वतन नखुलेको मानिसहरूले टाउकोमा बोकी ल्याउदै गरेको निम्न अबैध समानहरु प्रहरीकाे गस्ती टोलीलाई देखेर सामान फाल्दै भागेर फरार भएका थिए ।दुई लाख रूपैयाँ बराबरका बरामद समानहरु प्रहरीले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय प्रसौनी बारामा ल्याई राखेर कारवनही बढाइएको बताइएकाे छ ।
२०७९ माघ ११ गतेको बारा जिल्लाकै बिश्रामपुर गा.पा.४ बलिरापुरस्थित प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले भारतबाट नेपालतर्फ २/३ महिलाहरुले टाउकोमा बोकेर ल्याउँदै गरेको विग डिपर लाईट १२ पिस लगभग रू. ६०,०००। हजार बराबरको अबैध समानहरु प्रहरीकाे गस्ती टोलीलाई देखेर सामान फालेर मानिसहरू फरार भएका थिए । उक्त समानहरु प्रहरीले नियन्त्रणा लिई प्रहरी चौकी मुसहर्वाले कारवाही अगाडि बढाएकाे बताएकाे छ ।
माघ ११ गते सिरहा जिल्ला, नवराजपुर गा.पा.५ कुसण्डीस्थितमा भारतबाट नेपालतर्फ टाउकोमा बोकी भन्सार छली अबैध रुपमा ल्याउदै गरेको ब्रोदर स्क्यानिङग प्रिन्टर, प्रिन्टरको मसी, चकलेट र मसला सामानहरु ई.प्र.का.झाझपटी सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीलाई देख्ना साथ सामान फालेर फरार भएकाे प्रहरीले बताएकाे छ ।
उक्त समानहरुको लगभग रु.६२,६१६।- बराबरको रहेकाे र ई.प्र.का.झाझपटी सिरहाले भन्सारमा बुझाउने कार्य भरिरहेको बताइएकाे छ ।
माघ १० गते जिल्ला प्रहरी धनुषाबाट खटिएकाे प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका २३ स्थित सडक खण्डमा ज १२ प २७४९, ज ६ प ७६०४, ज ३ प ७५०९ र ज १० प ६८३ नं.को मो.सा.हरूमा मैदा, खाने तेल नाग, मशाला, पापड, बिस्कुट, चिनी, खाने तेल दो-फूल, चकलेट र किटकैट जस्ता किरानाका सर-समानहरू बरामद गरेकाे थियाे । उल्लेखित मो.सा.हरूमा लोड गरी भारतबाट नेपालतर्फ भन्सार छली तथा चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरी टोलीलाई देख्न साथ उक्त मो.सा.र सर-समानहरू लगभग रू.३,१६,५००/- बराबरको छाडेर फरार भएका थिए । प्रहरीले स्थानीय मानिसहरूको रोहवरमा बरामद गरी आवश्यक कार्बाहीको लागी भन्सार कार्यालय जनकपुरधाम धनुषामा बुझाईएको बताएकाे छ ।
माघ ११ गते सिरहा जिल्ला, न.पा.१४ खिरौना पेट्रोल पम्पस्थित प्र.चौ.खिरौना सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा अवैध रुपमा भन्सार छली गरी ल्याएको निम्न सामान बरामद गरी भन्सार बुझाउने कार्य भइरहेको प्रहरीले बताएकाे छ ।
प्रतिक्रिया