जनकपुरधाम । धनुषामा सरस्वति पूजाको दिन एक महिलालाई मोटरसाईकलले ठक्कर दिएपछि गम्भिर घाईते भएको छ ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर ६ गोविन्दपुरस्थित सरस्वति पूजामा मातेका एक युवकले तीव्र गतिमा चलाएको मोटरसाईकलले ठक्कर दिँदा महिलाको खुट्टा भाँचिएको छ ।
गोविन्दपुरस्थित बा ६१ प ३६३३ नम्बरको मोटरसाईकलले पैदल यात्री महिलालाई ठक्कर दिएपछि उनको खुट्टा भाँचिएको हो । गोबिन्दपुर बस्ने समतोलिया देवी रायलाई सो मोटरसाईकल चालक दिपक कुमार रायले ठक्कर दिएका थिए ।
सरस्वति पूजामा तीव्र गतिले रायले चलाएको मोटरसाईकल अनियन्त्रित भएर समतोलिया देवीलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) रामकृष्ण देवकोटाले जानकारी दिए ।
महिला र चालकको समेत टाउकोमा चोट लागेको छ । उनीहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको छ ।
प्रतिक्रिया