संघसंस्था माफिया केवटको आतंक , करोडौं रकम हिनामिना, कागजमा मात्रै तालिम !

मधेशपाटी अनलाइन     २०७९ माघ १७, मंगलवार ०८:२२ बजे मा प्रकासित



वीरगंज । पर्साका स्थानीय तहहरुमा जनप्रतिनिधी र प्रमुख प्रशासकिय अधिकृत लगायतका कर्मचारीहरुको सेटिङमा संघसंस्था माफिया केवटले लुट मच्चाएको खबर प्राप्त भएको छ ।

पर्साको छिमहरमाई गाउँपालिका २ टिहुकी वडाटोल निवासी आमोद प्रसाद केवटले हालैमा निर्वाचित जनप्रतिनिधीहरु र प्रमुख प्रशासकिय अधिकृत लगायतका कर्मचारीहरुलाई अग्रीम ४० देखी ६०% कमिशन बुझाउने शर्तमा टोकन मनि भनेर पैसा बाड्दै कार्यक्रम लिने र कामनै नगरी बिल भरपाई मिलाई पहुच तथा कमिशनको भरमा पैसा निकाशा गराई आतंक मचाउनुको साथै बर्षेनी लाखौैं लाख बराबरको राजश्व चोरी गरी रहेको समाचार प्राप्त भएको छ ।

केवटले एकलो बिभिन्न व्यीक्तहरुको नक्कली कागजातको अधारमा एक दर्जनभन्दा बढी समाजिक संस्था दर्ता गरि उनीहरुको नाउमा कमिसनको भरमा सम्पूर्ण तालिम,सप्लायर्स तथा गोष्ठी र जनचेतना मुलक कार्यक्रमहरु ठेक्कामा लिई भष्ट्रचार गर्ने गरेको स्थानियहरुले जानकारी दिएका छन ।

स्थानिय तहका प्रमुख,उपप्रमुख,वडा अध्यक्षहरु तथा प्रमुख प्रशासकिय अधिकृत सरहको कर्मचारीहरुको घरघरमा रक्सी तथा मासु पुयाई कार्यक्रम हातपारेका एनजीओ तथा संघसंस्था माफिया केवटले आफुलाई तिसमारखान बन्न खोजेको केही पालिकाहरुको कर्मचारीहरुले जानकारी दिएका छन ।

कमिसन खाएर भष्ट्रचारमा मग्न रहेका स्थानियतहका कर्मचारीहरुले कागजातहरुलाई बिना भेरिफाई गरि धमाधम भुक्तानी पनि दिई रहेका छन ।

चालु आ.व.९ महिनामा पर्साको अधिकांस स्थानिय तहहरुबाट करोडौँ करोडौँ बराबरको जनचेतना मूलक कार्यक्रम,सिपमुलक तालिम ,सप्लायर्स सम्बन्धि कार्य तथा निर्माण सम्बन्धि कार्यको ठेकालिई कतिको कामै नगरी बिल भरपाई मिलाई भुक्तानी लिईरहेको पर्साका केही स्थानियहरुले उजागर गरेका छन ।

कार्यक्रम प्रभावकारी हुनुपर्छ तर जिल्लको अधिकान्स पालिकाहरुमा केवटले कमिसन बुझाएर आफ्नो डिजाईनमा तालिम,सप्लायर्स तथा गोष्ठी र जनचेतना मुलक कार्यक्रमहरु हाल्न लगाई कसैलाई जानकारी नै नदिई जनप्रतिनिधिको आसेपासेहरुलाई बोलएर साँघुरो कोठामा गुपचुप ढंगबाट कागजमै सिमित हुँनेगरि कार्यक्रम गरेर पालिकाको लगानी वालुवामा पानी हाले सरह गर्दैछ ! भने स्थानीयहरुले गुनासो गरिरहेका छन ।

त्यतीमात्र हैन केवटले अहिले पैसाको बलमा अधिकांस गापा / नपा अध्यक्ष तथा प्रमुख प्रशाशकियहरुलाई किनेर स्थानियतहहरुमा कर्मचारीहरु भर्ना गराई दिन्छु भन्दे रकम असुल गरि रहेका छन ।

भ्रष्टाचार गर्नमा माहिर रहेका एनजीओ तथा संघसंस्थाका माफिया केवटले अकुत सम्पत्ति आर्जन गरेर मोटरगाडी तथा बिरगंजको कयौं ठाँउमा घडेरी जोडन सफल भएका छन । उनले कतिको भ्रष्टाचार गरेका छन भने सत्य तथ्य पता लगाउनका लागि उनको सम्पति शुद्धिकरण गरियो भने सबै र्छलङ्ग हुने छ ।

यस्ता झोले तथा भ्रष्टहरुले गर्दा पर्साको अधिकाँस राम्रो सँघ सँस्थाहरुलाई कार्य गर्न अवसर प्राप्त नभएको र यो समाजिक विकास सम्बन्धि कामहरुको बदनामी भइरहेको छ ।

प्रतिक्रिया





Top