उपप्रधानमन्त्री श्रेष्ठले गरे लखनदेही नदीको निरिक्षण ।।

मधेशपाटी अनलाइन     २०७९ माघ २६, बिहीबार १६:१३ बजे मा प्रकासित


राधेश्याम कुशवाहा,सर्लाही ।। सर्लाहीको कविलासी नरपालिका र बरहथवा नगरपालिका जोडने लखनदेही नदिमा पुल निर्माणका लागि नेपाल सरकारको उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठले निरिक्षण गरेको छ ।

श्रेष्ठले कविलासी नगरपालिका वार्ड न. ४ हेमपुर र बरहथवा नगरपालिका वार्ड न. १६ टिकुलिया जोडने लखनदेही नदीको हेमपुर घाटको बगरमा हेलिकोप्टरमा मार्फत पुगेर स्थानियवासी लगायत राजनितिक दलसंग समेत कुराकानी गरको हो ।

क्षेत्र न. ३ का प्रतिनिधि सभाका प्रत्याशी नरेन्द्र साह र बागमती नगरपालिकाको मेयर भरत थापाको विशेष पहलमा श्रेष्ठ लखनदेही नदीको हेमपुर घाटको निरिक्षण गर्न आएको वार्ड न. ४ हेमपुरका वडाअध्यक्ष गिरिधारी रायले जानकारी दिए ।

उपप्रधानन्त्री हेलिकोप्टरमा आउने खबर थाहा पाएपछि बहरथवा नगरपालिका र कविलासी नगरपालिकाका नदीबाट प्रभावित भएका हजारौं संख्यामा सर्वसाधारणहरु बगरमा पुगेका थिए । उहाँहरुले उपप्रधानमन्त्रीलाई स्वागत गर्नुका साथै नदिमा छिटो भन्दा छिटो पुल निर्माणका लागि आग्रह समेत गरे ।

लखनदेहीको बगरमा उपस्थित स्थानियवासीलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठले बामगती नगरपालिकाका मेयर भरत थापा, हरिवनका मेयर कमल बुढाथोकी, नरेन्द्र जी लगायतका सबैले अनुरोध गरेपछि मैले आएको र उहाँले लिएर आउनुभएको बताए ।
तपाईहरुको यहाँ लखनदेही नदिको ठुलो समस्या छ, उहाँले भने । यसो वारपार गर्न ठुलो समस्या पर्छ, बर्षाको बेलमा भनेर देखाउन ल्याउनु भएको हो ।

“हेरेर मात्र काम भएन, यसको समस्या समाधान गर्नुपर्याे । त्यसैले मैले अब हेरेर गए ! उहाँहरुसंग लिखित रुपमा समेत माग्दछु । उहाँले भने । तपाईहरुको समस्या समाधान गर्नका निम्ती मैले जे सक्छु, “मेरो तर्फबाट, मेरो मन्त्रालयको तर्फबाट नेपाल सरकारको तर्फबाट गर्छु भनी प्रतिबदतता उहाँले व्यक्त गरे ।

आज मैले सर्लाहीका हरिपुर, हिरापुर लगायतका ठाउँहरुमा समेत अवलोकन र भ्रमण गर्दा यहाँ पुल, बाटोघाटो लगायतका विकास निर्माण कार्यहरु गनुपर्ने आवश्यकता महसुस गरेको उहाँले बताए । उहाँले स्रोत साधन र प्रविधिले भ्याएसम्म यहाँका विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखेको उहाँको भनाई थियो ।

कविलासी नगरपालिका वार्ड न.१, २, ४, ५ र ७ को बासिन्दाहरु लगायत कविलासी नगरपालिका वार्ड न. ७ को पूर्व सिमानासंग जोडिएको चन्द्रनगर गाउँपालिकामा बसोबास गर्ने बासिन्दाहरु समेतको लागि छोटो दुरीको मुख्य बजारको रुपमा रहेको बरहथवा नगरपालिकामा अवस्थित बरहथवा बजार नै रहेको वडाअध्यक्ष गिरिधारी रायले बताए ।

सर्वसाधारण जनताको छोराछोरीहरुलाई शिक्षादिक्षा, स्वास्थयमा उपचार, वस्तु तथा सरसमानहरुको खरिब बिक्रीका लागि किसानहरुले उत्पादन गरेको अन्न, तरकारी लगायत हस्तकलाका समानहरुको किनबेचका लागि समेत मुख्य बजार बरहथवा नै रहेका छन । उहाँले भने ।
तर बर्षायाममा नदीमा पानीको बहाब उच्च भएपछि आवतजावत पुण रुपमा ठप्प हुने गरेकोे गुनसो गरे ।

मैले निर्वाचित भएपछि सर्वसाधारणले नदीमा पुल निर्माणका लागि पटक पटक आग्रह गरेपछि मैले बागमती नगरपालिकाका मेयर भरत थापा र नरेन्द्र साहको पहलमा नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठलाई गुहारे । आज त्यही पुलको निरिक्षणका लागि मन्त्री श्रेष्ठ यहाँ आउनुभएको उहाँले बताए ।

मलंगवा नवलपुर राजमार्ग सडक खण्डको कविलासी नपाको वार्ड न. ७ अन्तर्गत पर्ने सिरसिया देखि वार्ड न. ५ हुदै वार्ड न. ४ लखनदेही नदीसम्म र वार्ड न. १, २ पिपरिया देखि वार्ड न. ५ हुदै वार्ड न. ४ हेमपुर लखनदेही नदीसम्म रहेको बाटो हुदै दैनिक हजारौं संख्यामा सर्वसाधारणहरुको आवतजावत हुने गरेका छन । दैनिक हजारौंका संख्यामा आवतजावत हुने लखनदेही नदीका हेमपुर घाटमा पुल निर्माण नहुदाँ बर्षेनि बर्षायमा सर्वसाधारणहरु सास्ती खेप्दै आएको छ ।

स्थानिय सुरेश यादव, विरेन्द्र ठाकुर, पूर्व प्रधानाध्यापक रामनिवास साह, पत्रकार मनोज यादव, अनुसन्धानका मनिष सिंह, संचारकर्मीहरु लगायत स्थानियवासीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

 

 

 

 

प्रतिक्रिया





Top