बारामा नीति बिपरित काजमा बसेकालाई प्रमुख टेण्डर हालेर गएकाहरू असुलीमा व्यस्त

न्यूज डेस्क     २०७९ माघ २७, शुक्रबार १५:२१ बजे मा प्रकासित


बारा । प्रहरी प्रधान कार्यालयले देशभर मातहतका कार्यालयहरूमा परिपत्र गर्याे कि काजमा रहेकाहरूलाई तुरुन्तै दरबन्दीमा पठाउने । सोही नीति अनुरूप मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी बसन्त कुंवरले पनि मातहतका जिल्ला प्रहरी प्रमुखहरूलाई सोही अनुसार गर्न निर्देशन पनि दिए । काजलाई शुन्यमा ल्याउने नीति अवलम्बन गर्ने भन्दै डिआइजी कुंवरले निर्देशन मात्रै होइन परिपत्र नै गरे। तर मातहतका जिल्ला प्रहरी प्रमुखहरूले डिआइजी कुंवरलाई कसरी झुक्याउने गरेका छन् भन्ने प्रमाण नवजनप्रहार सम्म आइपुगेको छ ।

 

डिआइजीको आदेश भन्दै जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी राजेश थापाले मातहतकालाई सेटमा नै जानकारी गराए तर त्यो जानकारी नाटक मात्रै थियो भन्ने कुरा किन प्रष्ट हुन्छ भने टेण्डर हालेर गएका मालदार थाना चौकीका असई र सई भर्खरै मात्र गएकाले उनीहरूलाई दरबन्दीमा रमाना गर्दा टेण्डर प्रक्रिया बिग्रने भएकोले आदेश दिएको दुई हप्ता बितिसक्दा पनि उनीहरूलाई दरबन्दीमा रमाना गरिएको छैन ।दरबन्दी बाहिर भएर बारामा काजमा गई टेण्डर हालेर राम्रो कमाई हुने थाना चौकी जाने धेरै छन् । मालदार ठाउँको रूपमा चिनिने अमलेखगञ्जमा सई माधव पुडासैनी ( दरबन्दी काठमाडौ ) , सई सुनिल सिंह पथलैया ( दरबन्दी सिराहा ) , सई अजयराम चमार बलिरामपुर , मुर्सवा ( दरबन्दी धनुषा ) , सई कुबेर खतिवडा छतवा ( दरबन्दी रौतहट ) , सई रहमान अताउल अन्सारी बसपार्क ( दरबन्दी महोत्तरी ) मुख्य रहेका छन् । बारा जिल्लामा सई दर्जाका लागि सबैभन्दा बढी कमाई हुने यी माथि उल्लेखित थाना चौकी हुन ।यहाँ पोष्टिङ हुनका लागि टेण्डर हालेर जाने मात्रै होइन गएपछि एसपी सम्मलाई मासिक तोकिएको रकम अनिवार्य रूपमा बुझाउनुपर्ने हुन्छ ।अन्यथा अर्कोले टेण्डर हालिहाल्छ । यसबाहेक तल्लो दर्जाका घुमुवाहरू पनि बारामा दरबन्दी नभएकाहरू छन् ।तर डिआइजीलाई समेत झुक्याउने र लुकाउने काम बारा प्रहरीमा भैरहेको छ । दरबन्दी बाहेककालाई फिर्ता पठाउने आदेश कार्यान्वयनमा नआएकोबारेमा जिज्ञासा राख्दा डिआइजी कुंवरले आफुले भर्खरै मात्र थाहा भएकोले रमाना गराउन आदेश दिने बताए ।

प्रतिक्रिया





Top