माघ २७ गते,सर्लाही । सर्लाहीको बलरा नगरपालिका वार्ड न. ११ छतौना स्थित सुधा राजेश्वर माध्यमिक विधालयमा ४ कोठे भवन निर्माण हु्ने भएको छ ।बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले एक कार्यक्रमको बिच ४५ लाखको लागतमा निर्माण हुन लागेको भवनको शिलान्यास गरेका हुन ।
विधालय भवन नगरपालिकाको सिफारिसमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत प्राप्त भएको यो भवनले थोरै भएपनि कक्षा व्यवस्थापनमा सहयोग मिल्ने नगर प्रमुख कुशवाहाले बताए ।
उहाँले बलरालाई शिक्षाको हब योजना अन्तर्गत नगरको विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण, विधार्थी संख्याको आधारमा शिक्षक व्यवस्थापन, सिकाइलाई दिगो बनाउन प्रविधिमैत्री शैक्षिक सामाग्री व्यवस्थापन, शिक्षकलाई तालिम लगायतको विषयमा योजनाबद्ध प्रकृया आगाडी बढाइने बताए । उहाँले यस कार्यलाई मूर्तरूप दिन सबै साथ र सहयोगको अपेक्षा समेत गरे ।
कार्यक्रममा विधालय व्यवस्थापन समितिका अध्यक्ष श्रीचन राय यादव, ११ नं. वडाका वडाध्यक्ष सुख्खलाल सहनी, १० नं. वडाका वडाध्यक्ष दिनेश कुशवाहा, समाजसेवी उपेन्द्र साह, अभिभावक, शिक्षक, विधार्थी, पत्रकार लगायतका उपस्थिति रहेको थियोे ।








प्रतिक्रिया