राधेश्याम कुशवाहा, सर्लाही ।। सर्लाहीको गोडैता नगरपालिकाले समेत फाल्गुन ११ देखि सुरु हुने हात्तिपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान संचालन गर्ने भएको छ । यो अभियान अन्तर्गत गोडैताका १२ वटै वडाहरुमा १३ वटा स्वास्थ्य संस्थाहरु मार्फत ५० हजार भन्दा बढी ब्यक्तिहरुलाई हात्तिपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य रहेको गोडैता नगरपालिकाका स्वास्थ शाखा प्रमुख प्रमोद पंडितले जानकारी दिए ।
यो अभियान सफल पार्नका लागि मंगलबार गोडैता नगरपालिकाले राष्ट्रिय हात्तिपाइले रोग निवारण कार्यक्रम–२०७९ हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन अभियान अन्तर्गत “ पालिकास्तरिय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी समेत सम्पन्न गरेको हो । नगरभित्रका ५२ हजार ८९६ जनालाई औषधि खुवाउने लक्ष्य लिएको यो गोष्ठीमा मार्फत जानकारी समेत गराएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय रोजगार प्रबर्दन केन्द्र, सर्लाहीका अध्यक्ष गायत्री देवीले हातीपाइले रोगको औषधी सम्बन्धि अन्धविश्वास स्थानिय स्तरमा कायम रहेको बताईन । उहाँले यो खादा ज्वरो लाग्ने, रिंगटा लाग्ने र मृत्यु हुन सक्ने भ्रमकै कारण कतिपयले औषधी समेत खान मानिरहेका हुदैन, हामीले सबैले यो अभियानलाई सफल बनाउन प्रतिबद्व हुनु पर्नेमा जोड दिदै उहाँले रेडियो मार्फत समेत जनचेतनामूलक सुचना प्रसारण गर्न सुरु गरिएको जानकारी गराईन ।
हातिपाइले रोग देशमा स्वास्थ समस्याका रुपमा रहेको जनस्वास्थ कार्यलय सर्लाहीका संयोजक सुशिल कुमार झा बताउँछन । मधेस प्रदेश अन्य प्रदेशको तुलनामा उच्च जोखिमा रहेका छन । उहाँले भने । भारतको विहार र यूपिमा यो रोगको सक्रमण बढी मात्रामा रहेका छन । नेपालीहरुको दिनहुँ भारतीय सहरहरुमा भारी संख्यामा हुने आवतजावतले गर्दा हामी सुरक्षित रहेको बावजुद पनि यहाँका सक्रमण दर बढदो अवस्थामा रहेका छन ।
हामीले सर्लाहीमा संघियता आउनुभन्दा पहिला नै ६ राउण्डको औषधी खुवाइसकेका छौं, उहाँले भने । नेपाल सरकारले सर्लाहीमा फाल्गुन ११ गतेदेखि खुवाउने ३ किसिमको औषधी व्यक्तिको उचाइको आधारमा खुवाउनुपर्ने छ । यो अभियान २ बर्ष निरन्तर संचालन गरिने उहाँले बताए ।यो रोग हरेक उमेरका व्यक्तिहरुलाई सक्रमित गरेपनि २०÷३० बर्षका उमेर समूहकालाई सबैभन्दा बढी प्रभावित गरेको पाईएको हो । यो रोगको सक्रमण दरलाई कम गर्न आम औषधी सेवन अभियान सफल गर्नुको विकल्प नरहको उहाँले जिकिर गरे ।
हातिपाइले रोग लागेको लक्षण नदेखिए पनि शरिरमा हात्तीपाइले रोगको परजिवी हुन सक्छ । यो रोग लागिसके पछि पुरै निको पार्न नसक्ने भएकोले बेलैमा औषधि खाएमा शरिरको परजिवी नष्ट हुन्छ र रोग लाग्दैन साथै परिवार तथा समुदायका अरु ब्यक्तिलाई पनि चिकित्सकहरुको भनाई थियो ।
हातिपाइले रोग सार्ने लामखुटे फोहोर पानी बस्ने गरेका कारण घरआँगन सफा राख्न र पानी जमेको नाला अथवा खाल्डोमा मोविल र मटितेल मिलाएर ४ महिनाको अन्तरालमा एकचोटी अनिवार्य छर्कन कार्यक्रममा सहभागिहरुलाई स्वास्थकर्मीहरुले सुझाए । गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले स्थानिय सरकार आम औषधी सेवन अभियान सफल बनाउन प्रतिबद्व रहेको बताए ।
उहाँले यो अभियान सफल बनाउन नगरका सबै स्वास्थकर्मी, कर्मचारी, वडाअध्यक्ष, जनप्रतिनिधि लगायत सर्वसाधारणलाई समेत अनुरोध गरे । नगरका आम सर्वसाधारण स्वस्थ नभएरसम्म नगरका विकास र समृधि सम्भव नहुने उहाँको भनाई थियो ।
गोडैता नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा नगर प्रमुख देवेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीलाई स्वास्थ शाखा प्रमुख प्रमोद पंडितले संचालन गरेका थिए ।
कार्यक्रममा उप प्रमुख अन्जना कुशवाहा, जनस्वास्थ कार्यलय सर्लाहीका सुशिल कुमार झा, राष्ट्रिय रोजगार प्रबर्दन केन्द्रका अध्यक्ष गायत्री देवी, स्वास्थ कर्मचारी सृजना घिमिरे, वडाअध्यक्ष विजय यादव, गुडडु यादव, शैलेन्द्र महतो, कार्यपालिका सदस्य, रेडक्रसका प्रतिनिधि, स्वास्थ चौकी तथा विद्यालयका प्राधानाध्यापक, सुरक्षा निकायका प्रमुख लगायत संचारकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।








प्रतिक्रिया