यूवा नेता विरेन्द्र सिंह संसदिय दलको उपनेतामा चयन ।।

न्यूज डेस्क     २०७९ फाल्गुन ५, शुक्रबार २०:०७ बजे मा प्रकासित


जनकपुरधाम ।। यूवा नेता विरेन्द्र प्रसाद सिंह नेपाली कांग्रेसका मधेस प्रदेश सभामा संसदिय दलको उपनेतामा मनोनित हुनुभएको छ । कांग्रेस मधेश प्रदेशका सभापति एवं प्रदेश सभाको दलका नेता कृष्णप्रसाद यादवले प्रभावशाली नेता सिंहलाई बिहीबार दलको उप–नेतामा मनोनित गरेका हुन् ।

सर्लाही क्षेत्र नं. ४ (क) बाट दोस्रो पटक निर्वाचित प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंह नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा संगठन विभाग प्रमुख समेत रहेका हुन । उहाँ यस अघिको सरकारमा महिला, बालबालिका, यूवा तथा खेलकुद मन्त्री समेत बनेका थिए ।

सिंह मधेस प्रदेशका संसददिय दलका उपनेतामा मनोनित भएपछि उहाँको क्षेत्रमा खुशियाली छाएको छ । पार्टीका कार्यकर्ता, शूभेच्छुक तथा सर्वसाधारणले उहाँलाई बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालका शुभाकामना समेत व्यक्त गरेका छन ।

 

 

 

 

प्रतिक्रिया





Top