सर्लाहीको बलरामा २ दिने निशूल्क मोतियाबिन्दु शल्यक्रिया शिविर संचालन ।।

मधेशपाटी अनलाइन     २०७९ फाल्गुन ५, शुक्रबार २२:४० बजे मा प्रकासित



सर्लाही, बलरा ।।  सर्लाहीको बलरा नगपालिका वार्ड न. ९ अचलगढ स्थित प्राथमिक उपचार केन्द्रमा निशूल्क मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु गरिएको छ । बलरा नगरपालिकाको आर्थिक सहयोग तथा मिलिजुली समाजको आयोजनामा संचालन हुने २ दिने शिविरलाई नगरप्रमुख रामाशंकर कुशवाहाले एक कार्यक्रमका बिच उदघाटन गरेका हुन ।

इण्डो नेपाल आँखा अस्पताल, मलंगवा सर्लाहीको प्राविधिक सहयोगमा संचालन गरिएको शिविरमा नगरका १२ वटै वडाका २ सय गरिब तथा विपन्न परिवारका मानिसहरुले सेवा लिएका छन । आज मोतियाबिन्दुको ४० जना विरामी फेला परेको जाँचमा संलग्न चिकित्सक राकेश यादवले जानकारी दिए ।

भोलि उनिहरुको शल्यक्रिया प्राथमिक स्वास्थ केन्द्रमै गरिनेछ, उहाँले भने । बिपिआइ फाउण्डेशन, काठमाडौंमा कार्यरत डा. अर्जुन श्रेष्ठद्वारा शल्यक्रियाका लागि आउदै हुनुहुन्छ । शिविरमा शल्यक्रिया गरिने भएपनि हामीले गर्ने शल्यक्रिया स्तरिय हुने उहाँले दाबी गरे ।

आँखा जाचका लागि आएको ७० ÷८० जनालाई चश्मा वितरण गरिएको छ, भने सबैलाई औषधी वितरण गरिएको थियो । यस अघि बलरा नगरपालिकाको सहकार्यमा विभिन्न संघसंस्थाहरुबाट ३ पटक आँखा शिविर संचालन गरिएको बलरा नगरपालिकाले जनाएको छ । ति शिविरहरुबाट १३२ जनाले मोतियाबिन्दुका विरामीले शल्यक्रिया गराएका थिए ।

नगरमा मोतियाबिन्दुको विरामीको संख्या उच्च रहेका कारण आँखा शिविर संचालन गरिएको नगरप्रमुख रामाशंकर कुशवाहा बताए । पानीको समस्या, आँखको सुरक्षा विनै खेतमा काम गर्ने, पोषिलो खानाको अभाव लगायतका कारण गरिब तथा विपन्न परिवारका नागरिकहरु मोतियाबिन्दुबाट सबैभन्दा बढी प्रभावित रहेका छन ।

चिकित्सकहरु सल्लाह अनुसार स्थानिय स्तरमा मोतियाबिन्दु सम्बन्धि जनचेतनामूलक कार्यक्रमका साथै शिविर संचालनलाई निरन्तरता दिएको छु । उहाँले भने । उहाँका अनुसार एकचोटी नगरमा आँखा शिविरबाट एक सय विरामी मोतियाबिन्दुको फेला परेको थियो ।

उनिहरुलाई शल्यक्रियाका लागि सदरमुकाम मलंगवा जानुपर्ने थियो तर २०÷२२ जनाले मात्र सदरमुकाम पुगेर सेवा लिएका कारण नगरमै शल्यक्रिया शिविर संचालन गर्नुपरेको उहाँको भनाई थियो ।

नगरप्रमुख रामाशंकर कुशवाहाको प्रमुख आतिथ्यता तथा वार्ड न. ९ का वडाअध्यक्ष विरेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको उदघाटन समारोहलाई उमेश कुशवाहाले संचालन गरेका थिए ।

शिविरको उदघाटन समारोहमा प्रमुख प्रशाकिय अधिकृत उमेश महतो, वार्ड न. ७ का वडाअध्यक्ष प्रविण सिंह, मिलिजुली समाजका संयोजक सुजय साह, आँखा चिकित्सक मनोज यादव, राकेश यादव लगायत सेवा लिन आउने सेवाग्राहीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया





Top