सर्लाही ।। सर्लाहीको गोडैता नगरपालिकाको वार्ड न. ७ को वडा कार्यलयले आज देखि आफनै भवनबाट सेवा सुरु गरेको छ । एक कार्यक्रमको बिच गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले २० लाखको लागतमा निर्माण भएको वडाकार्यलयको नवनिर्मित भवनको उदघाटन गरेका हुन ।
कार्यक्रममा बोल्दै गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले गोडैता नगरपालिका सबै वडा कार्यलयहरुले चाँडै आफनै भवनबाट सेवा सुरु गर्ने बताए । नगरका ११ वटा वडा कार्यलय आफनै भवनबाट सेवा सुरु गरिसकेको बताउदै वार्ड न. ६ बगदहका वडाकार्यलयको आफनै भवन निर्माणका लागि आउदो शुक्रवारका दिन शिलान्यास गरिने कार्यक्रम रहेको जानकारी गराए ।
फाल्गुन मशान्त भित्रमा गोडैता नगरपालिकाका प्रशासनिक भवनको समेत शिलान्यास गरिने कार्यक्रम रहेको छ । उहाँले थपे । गएको पुष २७ गते महिनमा ८ करोड ७७ लाखको लागतमा भवन निर्माणका लागि ठेक्का सम्झौता समेत भईसकेका छन ।
गोडैता बजार र सदरमुकाम मलंगवा जोडने सडकखण्ड अन्तर्गत कल्वर्ट पुल नजिक दक्षिण पटी रहेको ५६ कठा ऐलानी जग्गामा प्रशासनिक भवन निर्माण हुने लागेका हुन । ऐलानी जमिन विवादका कारण भवनको निर्माण कार्य ढिलो भएको बताउदै चाँडै कानुनी प्रक्रिया पुरा गरी भवन निर्माण कार्यलाई तिब्रता दिने उहाँले बताए ।
वडाकार्यलयको भवन गएको आर्थिक बर्षकै वडास्तरिय योजनाको १० लाख र नगरको योजनाबाट १० लाख गरी कुल २० लाखको लागतमा निर्माण भएको वडाअध्यक्ष विनेश दासले जानकारी दिए ।जनताको मागलाई सम्मान गर्दै वडा कार्यलयको भवनलाई चाँडै संचालनमा ल्याएका छौं, उहाँले भने । यो भवनमा सेवा सुरु भएपछि वडाबाट प्रदान गरिने सेवामा चुस्तदुरुस्त हुनुका साथै सर्वसाधारणको कार्यलयमा समेत सहज र सुलभ पहँच हुने उहाँको भनाई थियो ।
वडाअध्यक्ष विनेस दासको अध्यक्षतामा सम्पन्न भएको उदघाटन समारोहलाई वडासचिव रामप्रित सिंहले संचालन गरेका थिए ।
उदघाटन समारोहमा गोडैता नगरपालिकाका उपप्रमुख अंजना कुशवाहा, प्रमुख प्रशासकिय अधिकृत रमेश कुमार यादव, साविक गाविस अध्यक्ष गोपिकान्त झा, गौरीशंकर दास, पूर्व वडाअध्यक्ष पारस मिश्र लगायत स्थानियवासीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।








प्रतिक्रिया