धनुषामा हात्तीपाइले रोगको औषधी खुवाइने अभियान सञ्चालन

मधेशपाटी अनलाइन     २०७९ फाल्गुन १०, बुधबार ०६:२४ बजे मा प्रकासित


जनकपुरधाम । धनुषामा फागुन ११ गतेदेखि हात्तीपाइले रोगको औषधी खुवाइने भएको छ ।

महोत्तरीमा हात्तीपाइले रोगको विरामी देखा परेपछि धनुषा लगायत अन्य जिल्लामा औषधी खुवाउने अभियान सञ्चालन गर्न लागिएको हो ।


धनुषा, महोत्तरी र सिन्धुलीगरि तीन जिल्लाको इमप्लिटेशन युनिट रहेकाले महोत्तरीमा हात्तीपाइले रोग फेला परेपछि युनिट नै फेल भएको निष्कर्ष निकाल्दै पुनः अभियान चलाउन लागिएको हो ।

फागुन ११ गतेबाट स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष सहभागिता तथा निगरानीमा हात्तीपाइले रोग विरुद्धको तीन प्रकारको औषधि खुवाइन थालिएको छ ।

२ वर्ष मुनिका बालबालिका, गर्भवती महिला, सिकिस्त बिरामी तथा २४ घण्टा अगाडी ज्वरो आएका व्यक्तिले मात्र औषधि खान नमिल्ने अरू सबैले खान मिल्ने स्वास्थ्य कार्यालय धनुषाका स्वास्थ्य अधिकृत शिवजी दासले जानकारी दिए ।

चैतमा घर–घरमा गएर म्यापिङ्ग गरि हात्तीपाइले रोगको वास्तविक तथ्याकं शंकलन गरिने उनले बताए ।

प्रतिक्रिया





Top