जनकपुरधाम । धनुषाको रमदैयास्थित रहेको राजदेवी मन्दिरमा चोरी भएको छ ।
जनकपुरधाम–ढल्केवर सडकखण्डमा रमदैया भवाडीस्थित रहेको राजदेवी मन्दिरमा बिहान करिब ५ बजेको समयमा भएको चोरीमा हिन्दु धर्मावलम्बीहरुको आस्था देवी राजदेवीको मूर्ति समेत चोरेर लगेका छन् । चाँदीको मूर्ति चोरी गरी लगेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
विगतमा समेत कैयौँ पटक सो मन्दिरमा चोरी भएको हो । सिसिटिभी जडान गरिएको मन्दिरमा चोरहरुको मुखौटा कैद भएको छ । मुखमा मास्क लगाएका चोरहरुले मन्दिरको मूर्तिसहित अन्य गरगहनाहरु समेत चोरी गरेका लगेका छन् ।
अनुहार छोपेको भएपनि सिसिटिभी क्यामेरामा कैद भएको अनुहार अनुसार उनीहरु नजिकैका रहेका छन् । उनीहरुलाई सहजै चिन्न सकिने बताइएको छ । प्रहरीले उनीहरुको अनुहार तस्विर सार्वजनिक गर्दै अनुहार चिनेर जानकारी दिन आग्रह गरेको छ ।








प्रतिक्रिया