जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाको नगर प्रमुख कारी राम यादबको सक्रियतामा मधेसका महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमाको लागि बृहत सरसफाइ कार्यक्रम संचालन गरेका थियो ।
धनुषाधामबाट परिक्रमा सहभागी श्रद्धालु भक्तजन साधु सन्त सबैला नगरपालिकाको मखनाहा हुँदै सबैला नगरपालिका वडा नम्बर ९ सतोषरधाम पुग्ने भएपछि सो स्थानहरुमा सफाई अभियान सँचालन गरेका हुन ।
आज धनुषाको धनुषाधाममा परिक्रमा यात्रीहरुले भोली बिहीबार सताेषर आउने गर्ने भएको छ । धनुषाको धनुषाधाम हुँदै सबैला सताेषर विश्रामपछि शुक्रबार औरही विश्राम लिने भएको छ ।
सबैला नगरपालिकाको सतोषरमा परिक्रमा यात्री आउने सरसफाई सुरु गरिएको मेयर यादवले बताए । परिक्रमा सहभागीहरुले प्रयोग गरिने सबैला नगरपालिका भित्रका सडकहरुको सरसफाइ तथा अतिक्रमन गरिएको घर टहरा सडकबाटो खुलाउने काममा नगर प्रमुख अहिले रातदिन खटिएका छन ।








प्रतिक्रिया