२१० गरिब तथा विपन्नलाई कम्बल वितरण ।

न्यूज डेस्क     २०७९ फाल्गुन १७, बुधबार २३:१७ बजे मा प्रकासित


सर्लाही ।  सर्लाहीको गोडैता नगरपालिकाका २१० गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । स्व.मोहन गोपाल खेतान को सम्झनामा खेतान परिवारद्वारा स्थापित परोपकारी संस्था अवसर फाउण्डेशनको आर्थिक सहयोगमा उक्त कम्बल वितरण गरिएको गोडैता नगरपालिकाको मेयर देवेन्द्र कुमार यादवले जानकारी दिए ।

कम्बल पाएपछि गरिब तथा विपन्न परिवारका नागरिकहरु हर्षित भएको छ । उनिहरुले कम्बल सहयोगका लागि अवसर फाउण्डेशन सहित वितरण गर्न पुगेका गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव, लोकतान्त्रिक समाजवादीका नेता तथा निवर्तमान संविधान सभा सदस्य माननिय केदारनन्दन चौधरीलाई धन्यावाद समेत दिएका थिए ।

बिष्णु गाउँपालिका र बलरा नगरपालिकाका गरिब तथा विपन्न परिवारका नागरिकहरुलाई समेत कम्बल वितरण गर्ने कार्यक्रम रहेको माननिय केदारनन्दन चौधरीले जानकारी दिए ।

उहाँले गरिब, विपन्न परिवारका नागरिकहरुका लागि कम्बल वितरणका लागि आग्रह गरेका थिए, उहाँहरु ढिलो भएपनि वितरण गर्नका लागि सकरात्मक भएको कारण हामी कम्बल वितरण गर्न सफल भएको छु, उहाँले भने । सानो भएपनि उनिहरुको अनुहारमा मुस्कान छर्ने प्रयास गरेको उहाँको भनाई थियो ।

गोडैता नगरपालिकाको मेयर देवेन्द्र कुमार यादवले सामग्री ढिलो प्राप्त भएपछि ढिलो वितरण गरेको दाबी गरे । अरुको हातको कुरा हो, हामीलाई प्राप्त हुनु बित्तिकै हामीले वितरण गरेको छु, उहाँले भने । अगामी दिनहरुमा स्थानिय सरकारले आफनै छुटै बजेट विनियोजन गरी लक्षित वर्गलाई वितरण गर्ने प्रतिबद्वतता व्यक्त गरे ।

ढिलो कम्बल वितरण गरेको भन्दै कतिपयले समाजिक संजालहरुमा आलोचना गरेका थिए, भने कतिपयले समयमा वितरण गनुपर्ने भने सुझाएका थिए ।

कम्बल वितरण कार्यक्रममा निर्वतमान संविधान सभा सदस्य केदारनन्दन चौधरी, गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव, वार्ड न. ४ रोहुवाका वडाअध्यक्ष राजाराम साह, वार्ड न. १२ वडाअध्यक्ष गुडडु कुमार यादव, यूवा नेता मु्केश ठाकुर लगायत स्थानियवासीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया





Top