फुसको घरमा संचालन रहेको स्वास्थ्य चौकीले पाए आफनै भवन ।।

मधेशपाटी अनलाइन     २०७९ फाल्गुन १८, बिहीबार १०:२९ बजे मा प्रकासित


महिनाथपुर, सर्लाही ।। सर्लाहीको धनकौल गाउँपालिका वार्ड न.४ महिनाथपुरमा रहेको स्वास्थ चौकी आफनै भवनमा संचालनमा आएको छ । स्थानिय सरकरको २५ लाखको लागत निर्माण भएको ४ कोठे भवनको विधिवत रुपमा उदघाटन सम्पन्न भएको हो ।

आफनै भवन नहुदाँ महिनाथपुर स्वास्थ्य चौकी लामो समयसम्म फुसको घरमा समेत संचालनमा रहेका थिए । आज एक कार्यक्रमका बिच नेपाली काँग्रेसका यूवा नेता तथा पूर्व मन्त्री विरेन्द्र प्रसाद सिंहले उदघाटन गरेका हुन ।

स्थानियवासी श्रीदेव रायले स्वास्थ चौकीको भवन निर्माणका लागि २ कठा जमिन निशूल्क सहयोग गरेका थिए । उदघाटन कार्यक्रममा बोल्दै पूर्व मन्त्री सिंहले स्थानिय सरकारको पहिलो प्राथमिकता शिक्षा तथा स्वास्थ्य हुनुपर्ने जिकिर गरे ।

अहिले स्थानिय सरकारसंग प्रर्याप्त स्रोतसाधन समेत रहेका छन । जनताको सबैभन्दा नजिकमा स्थानिय सरकर रहेका कारण उहाँको समन्वय र सहकार्यविना कुनै पनि ठाउँको विकास सम्भव छैन, उहाँले भने ।

शिक्षा र स्वास्थको विकास विना अन्य विकासको कुनै औचित्य नहुने बताउदै सर्वसाधारणको निशूल्क शिक्षा र स्वास्थको अधिकारलाई सम्बोधन गर्न स्थानिय सरकारले कुनै कसर नराख्नुपर्नेमा उहाँले जोड दिए ।

धनकौल गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा स्थानिय सरकारले ठुलो लगानी गरेको गाउँपालिका अध्यक्ष रामअश्रय साहले बताए । शिक्षा, स्वास्थ र सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गर्दै आएको उहाँको कथन थियो ।

महिनाथपुर स्वास्थ चोकीको आफनै भवन नहुदाँ विगतका दिनहरुमा विद्यालय, सामुदायिक भवन लगायत फुसको घरमा संचालन हुदै आएको वार्ड न. ४ का वडाअध्यक्ष नागेन्द्र रायले बताए । स्वास्थ चौकी आफनै भवनमा संचालनमा आएपछि स्वास्थ चौकीबाट दिईने सेवा र सुविधामा सर्वसाधारण सहज पहुँच हुने उहाँको विश्वास थियो ।

धनकौल गाउँपालिकाका ५ वटै स्वास्थ चौकीले आफनो भवन पाएको स्वास्थ शाखा प्रमुख अरुण कुमार महतोले जानकारी दिए । २ वटा आधारभूत स्वास्थ केन्द्र अहिले सामुदायिक भवनमा संचालनमा रहेका छन, उहाँले भने ।

असार महिनासम्म वार्ड न. ५ मा रहेका सेवा केन्द्रको भवनलाई सामान्य मर्मत सम्भार तथा बाँकी रहेका निर्माण कार्यलाई पुरा गरी असार मशान्तसम्म संचालनमा ल्याउने योजना रहेको छ ।

वार्ड न. ७ का सेवा केन्द्रलाई आफनै भवनमा संचालनमा ल्याउन केही समय लाग्ने उहाँको भनाई थियो । धनकौल गाउँपालिकाका वार्ड न. १ सेखौना र वार्ड न. ३ हरकठवामा प्रसृति गृह संचालनमा रहेको महतोले जानकारी समेत गराए ।

वडाअध्यक्ष नागेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको उदघाटन समारोहलाई स्वास्थ शाखा प्रमुख अरुण कुमार महतोले संचालन गरेका थिए । उदघाटन समारोहमा प्रमुख अतिथि पूर्व मन्त्री विरेन्द्र सिंह, गाउँपालिका अध्यक्ष रामअश्रय साह, उपाअध्यक्ष अकली सहनी, ७ वटै वडाका वडाअध्यक्षहरु, स्वास्थ्य चौकीका प्रमुख, वडासदस्य, स्थानिय बुद्वजिवि, नागरिक अगुवा लगायत स्थानियवासीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया





Top