महेश कु.राय,धनुषा । मिथिलाञ्चलको महामहाकुम्भ मानिने १५ औं दिने माध्यमिकी परिक्रमा आज धनुषाको सतोषरधाममा आइपु्गेका छन् । बुधबार राति धनुषाधाममा विश्राम गरेका परिक्रमा-यात्री,श्रद्धालुभक्तजनहरु आज(बिहिवार) एका-बिहानै देखि सबैला नगरपालिका वाडा ९ मा रहेको प्रसिद्ध धार्मिकस्थल तथा दसौं पडाव सतोषरधाम आएका छन् ।
बिहानै परिक्रमाको लस्कर धनुषाधामबाट पटेर्वा हुदै `कमला-स्नान´ गरी सतोषर पुगेर विश्राम गर्दछन। नगरपालिका र सतोषर सेवा समितीको सहयोगमा प्रत्येक साल तिर्थयात्री तथा परिक्रमायात्रीलाई गाँस(नास्ता र खाना),बास,बिजुली तथा खानेपानीको समितिले जानकारी दिए ।
त्यस्तै, नगरपालिकामा एकदिने बिदाको घोषणा गरेका छन तथा परिक्रमा क्षेत्र भित्र मांसमदिरा बेचबिखनमा रोक समेत लगाएका छन्।
सप्तऋषिको तपोभूमि: यो स्थल सप्तऋषिको तपोभूमि रहेका कारण यसको पनि विशेष महत्व रहेको छ। यहाँ श्री सप्तेश्वरनाथ महादेवको मन्दिर लगायत धेरै मन्दीरहरु रहेका छन्,यहीँ एकै ठाउँमा सात वटा पोखर रहेकोले सप्तपोखर अर्थात सतोखरी भनिएको हो। पौराणिक कथन अनुसार
त्रेता युगमा भगवान राम सिताको विवाह हुँदा यहीँ ठाउँमा ऋषिहरुले जन्ती जानेबेलामा विश्राम गरेको यहाँका पुजारीहरुबाट सुन्न पाइन्छन।
सतोषरधाममा दर्जनौं मेलाहरु लाग्ने गर्दछन। आनन्द चतुर्दशीको दिन लाग्ने बोलबम मेला, साउन महिनामा सोमबारी मेला, झुलन मेला, जिल्लाकै दोस्रो मेला सबैला दुर्गा भसाउन हेर्न लाखौं श्रद्धालु इत्यादि बिसाल मेलाहरु लाग्ने गर्दछ। आज सप्तेश्वर विश्राम पश्चात् भोलि(शुक्रबार) परिक्रमा टोलि औरही प्रस्थान गर्नेछन।
प्रतिक्रिया