जनकपुरधाम । तराई मधेशमा मंगलबार राती होलिका अथवा समन दहन गरिएको छ । मैथिली परम्परा अनुसार विभिन्न किसिमको बाजा बजाएर जोगिरा गाएर होलिको पहिलो राती होलिका दहन गर्ने इतिहास रहेको छ।
होलीको इतिहास
त्रेता यूगमा भगवान विष्णुका एक अवतार मानिने प्रह्लादसँग होली पर्वलाई जोडेर हेरिन्छ। हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनकी आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी स्वयम् भष्म भएको र त्यही दिनदेखि होलीका (होली) पर्व मनाउन सुरु गरिएको मान्यता छ। असत्यमाथि सत्यकाे विजय भएकाे रुपमा यस दिनलाई लिइन्छ।

फागुन शुक्ल चतुर्दशीका दिन रातमा होलीका दहन गरिन्छ। राति होलीका दहन गरिसकेपछि पूर्णिमाकाे बिहान पानीमा रङ घोलेर एक अर्कामाथि फाल्ने चलन छ। होलीलाई पुरानो कटुता समाप्त गरेर आपसमा मित्रता कायम गर्ने दिनको रुपमा समेत लिने गरिएको जानकारहरु बताउँछन्।
एक अर्कामाथि विभिन्न प्रकारका रङहरू दलेर मनाइने होली, यो वर्ष तराइका जिल्लामा फागुन २४ गते मनाइनेछ्न।








प्रतिक्रिया