जनकपुरधाम । होलीका अवसरमा सबैला बजारमा रहेको खुल्ला मञ्चना श्री दुर्गा माँ समुदायक सिकाइ केन्द्र सबैलाले यसवर्ष पनि हाेलि महोत्सव र महामुर्ख सम्मेलन आयोजना गरेको थियो ।
बिषेश सहयोगीकाे रुपमा हिन्दु महासंघ सबैला नगर अध्यक्ष राजकुमार ठाकुरले भने होलीको अवसरमा विगत २५ वर्षदेखि होली महोत्सवमा महामुर्ख सम्मेलन गर्दै आएको हो । यस बर्ष पनि धुमधाम साथ मनायो ।
कार्यक्रम अध्यक्षता गरिरहेका नथुनि यादवले भने सहभागी हुन तराईका गाउ गाउबाट भेला भएका छन् । उनीहरुले आ–आफ्नो कला संस्कृतिको प्रदर्शन गर्दै छन् । खुला मञ्चमा कला संस्कृति देखाएको सबैलाई पुरुषकार दिएर सम्मानित गर्दै आएका हुन थपे ।
योसँगै प्रस्तुत गरिने जोगिरा र कविता पाठ महोत्सवको मुख्य आकर्षण हो । महोत्सव भोलिसम्म चल्नेछ ।








प्रतिक्रिया