जनमतले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

मधेशपाटी अनलाइन     २०७९ फाल्गुन २७, शनिबार ०६:५५ बजे मा प्रकासित



जनकपुरधाम । जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । शुक्रबार बसेको पार्टीको कार्यकारी बैठकले झालाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको हो।सदभावना पार्टीबाट राजनीति सुरु गरेकी ५३ वर्षीय झा हाल जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज हुन् ।

सत्ता गठबन्धनमा उपराष्ट्रपति पद जनता समाजवादी पार्टी (जसपा) मा परेको थियो । तर, निर्वाचन आयोगले राष्ट्रपतिमा निर्वाचितभन्दा फरक लिंग र फरक समुदायको व्यक्तिलाई उपराष्ट्रपति भनेपछि गठबन्धनले उम्मेदवार तय गरेपनि समस्या उत्पन्न भएको छ ।

 

जसपाले संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उमेदवार बनाइसकेको छ । तर, आयोगको नियमले बाँधेपछि उम्मेवार को बन्नेबारे अहिलेसम्म त्यसबारे कुनै जानकारी आइसकेको छैन ।नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिमा उठाउने भने पनि उमेर अपुग भएपछि उनको उम्मेदवार स्वतः दर्ता हुने अवस्था आएन । यससँगै अहिले गठबन्धनमा उपराष्ट्रपतिबारे छलफल भइरहेको बताइएको छ । भोलि उपराष्ट्रपतिको मनोनयन दर्ता हुँदैछ।

प्रतिक्रिया





Top