जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) बाराका पूर्व जिल्ला अध्यक्ष अजयकुमार पटेल पक्राउ परेका छन् । लिखत सम्बन्धी कसुरमा प्रहरीले जसपाका पूर्वअध्यक्ष पटेललाई पक्राउ गरेको हो ।
परवानीपुर गाउँपालिका वडा नम्बर ५ निवासी ४५ वर्षीय पटेललाई मोही नभएको जग्गामा मोही छु भन्ने किर्ते गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । केन्द्रिय अनुसन्धान ब्युरोको टोली सीआईबीमा परेको उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको हो ।
मोही नभएको जग्गामा मोही छु भनी झुठो कागजात तयार गरी पटेल विरुद्ध सीआईबीमा उजुरी परेको थियो ।
प्रतिक्रिया