पहुँच भएका प्रहरी जागिए

मधेशपाटी अनलाइन     २०७९ फाल्गुन ३०, मंगलवार २०:४१ बजे मा प्रकासित


काठमाडौं । नेपाल प्रहरीमा तल्लो तहका प्रहरी कारबाहीमा पर्ने तर माथिल्लो तहलाई केही नहुने प्रवृत्ति अझै रोकिएको छैन । विभिन्न कान्डमा परेका प्रहरीमाथि कारबाही प्रक्रिया रोकिदा अनियमितता गर्ने प्रहरीको मनोबल बढीरहेको छ ।

पश्चिम नवलपरासीमा रहँदा तस्करीको लाइन खुलाएको पुष्टि भएकोमा कारबाही सिफारिस भएका एसपी ऋषिराम कँडेलमाथि अझै कुनै निर्णय भएको छैन । कारबाही रोकाउन कँडेल दौडधुपमा लागेका छन् ।यसअघि गाउँपालिकाका अध्यक्षसँग मिलेर दुई भारतीयलाई लागूऔषध मुद्दामा फसाएको घटनामा पनि उनीमाथि सामान्य मात्र कारबाही गरेर जोगाइएको थियो ।

 

त्यस्तै, बालाजु बसपार्कको आगजनी घटनामा बालाजु वृत्तका डिएसपी रविन बिष्टलाई तत्कालै हटाइएको थियो । छानबिन समितिले सोह्रखुट्टे वृत्तका डिएसपी गणेशबहादुर बममाथि पनि कारबाहीको सिफारिस भएको थियो । तर, डिएसपी बम भने जागिएका छन् ।माओवादी नेताको सिफारिसमा सोह्रखुट्टे वृत्त गएको र अहिलेको माओवादीकै सरकार भएकाले उनको सरुवा भएको छैन । दुवैमाथि सामान्य विभागीय कारबाही गरेर उन्मुक्ति दिन पनि चलखेल भइरहेको छ । सो घटनामा काठमाडौं परिसरका एसएसपी दानबहादुर कार्कीले समयमा निर्देशन नदिदा ठूलो क्षती भएको थियो । पछि सशस्त्र प्रहरी घटनास्थलमा पुगेपछि ठूलो दुर्घटना रोकिएको थियो ।

त्यस्तै, ३५ तोला सुन लुकाएका डिएसपी ठगबहादुर केसीलाई पनि जोगाउने चलखेल भइरहेको छ । छानबिन समितिले आइतबार उनीमाथि कानूनी कारबाहीको सिफारिस गरेको छ । जसअनुसार उनीमाथि सुन चोरीकै मुद्दा चल्न सक्छ । तर, विभागीय कारबाही मात्र गराउन केसीले पावर लगाइरहेका छन् ।त्यस्तै, जिप्रका सर्लाहीका एक इन्सपेक्टर आरोपीसँग मिलेको छानबिनमा पुष्टि भएपनि उनलाई सरुवा मात्र गरिएको छ । त्यस्तै, ललितपुरमा पनि लागूऔषध मुद्दामा निर्दाेषलाई फसाइएको घटनामा सातदोबाटो वृत्तका तत्कालिन डिएसपी मदन केसीमाथि छानबिन भइरहेको स्रोत बताउँछ ।

प्रतिक्रिया





Top